लेखनाथ, १७ असार । लेखनाथ उद्योग वाणिज्य संघले आफ्ना व्यवसायी सदस्यहरुका लागी करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक विधेयक २०८१ ले प्रदान गरेका छुट सुविधा थप सुविधा तथा संशोधन लगायतका विषयमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा आन्तरीक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्मा, कर अधिकृत रेणु भटृराईले सहजीकरण गरेका थिए । उक्त अवसरमा सहभागीहरुले व्यवसाय सञ्चालन र करका विषयमा विभिन्न जिज्ञासाहरु समेत राखेका थिए ।
कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागी कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन भने धन्यवाद ज्ञापन उपाध्यक्ष विनोद श्रेष्ठले गरेका थिए ।
Discussion about this post