लेखनाथ, २९ बैशाख । कालिका महिला समुह पोखरा–२७ को अध्यक्षमा अप्सरा बराल चयन भएकी छन । शनिबार सम्पन्न संस्थाको १५ औं साधारण सभा तथा चौंथो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा प्रभा घिमिरे, सचिवमा सितादेवी लामीछाने, सह–सचिवमा विद्या शर्मा, कोषाध्यक्षमा सविता भण्डारी, सदस्यहरुमा सरस्वती लामिछाने, शोभा ढकाल, गंगा देवकोटा, शर्मिला तिवारी, शुसिला क्षेत्री, पार्वती पराजुल िर कल्पना अधिकारी रहेका छन ।
नयाँ कार्यसमिति चयनको लागि संस्थाका सल्लाहकार हेमन्त अधिकारीको संयोजकत्वमा लक्ष्य बहादुर खत्री र हेम बहादुर ढकाल सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो ।
यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय परोपकार महासंघ नेपालका संस्थापक अध्यक्ष भागवत् भाष्कर पं. कमलनयन गौतमले परोपकार र मानवता नै सबैभन्दा ठुलो धर्म भएको र पुर्विय दर्शन र सभ्यताभित्र धेरै राम्रा कुराहरु भएको वताउँदै यसलाई जिवनमा अबलम्बन गर्नुपर्ने वताएका थिए ।
उनले अरुलाई देखाउनका लागी संस्कृतिहरुलाई अपनाउने प्र्रवृती वढ्दै गएको र विदेशी संस्कृतिको प्रभाव वढ्दै गएकोमा सचेत हुनुपर्ने र फस्टाउँदै गएका विकृतीहरुलाई निरुत्साहित गर्नको लागी यस्ता संस्थाहरु सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापती राजेन्द्रमणी लामिछाने, नेकपा एमाले पोखरा–२७ का अध्यक्ष सुर्यमणी लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली, संस्थाका सल्लाहकारहरु प्रेम प्रसाद बराल र हेमन्त अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा संस्थालाई स्थापनाकालदेखी विभिन्न क्षेत्रबाट योगदान पुर्याएका वृद्धवृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने संस्थाका नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो ।
समुहकी अध्यक्ष कृष्ण शर्मा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यसमिति सदस्य सितादेवी लामिछानेले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष अप्सरा बरालले गरेकी थिईन ।
Discussion about this post