लेखनाथ, बैशाख २७ । पोखरा महानगरपालिका वडा नं. ३० ले दलित तथा जनजाती महिलाहरुका लागी मकैको भुत्लाबाट फूल बनाउने तालिमको आयोजना गरेको छ ।
दलित तथा जनजाती उत्थान कार्यक्रम अन्र्तगत महिलाहरुको शसक्तिकरण एवं आयआर्जनमा समेत टेवा पुगोस भन्ने उद्धेश्यले सिपमुलक तालिमको आयोजना गरिएको तालिमकी संयोजक एवं वडा सदस्य उमा परियारले बताईन ।
यस्तै तालिमकी सहभागी भेषु पुनले खेर जाने वस्तुबाट यस किसिमका वातावरणमैत्री फूलहरु बनाउँदा वातावरण प्रदूषण हुनबाट जोगिनुका साथै स्वरोजगारको सिर्जना भई आयआर्जनको माध्यम बन्ने र महिला आत्मनिर्भर हुने दाबी गरिन् ।
वैशाख २० गतेबाट शुरु भई २८ गतेसम्म सञ्चालन हुने तालिममा २० जना दलित तथा जनजाती महिलाहरु सहभागी भएका छन । तालिममा हेमकुमारी पुनले प्रशिक्षकको भुमिका निर्वाह गरेकी छिन ।
Discussion about this post