लेखनाथ, बैशाख २७ । जेष्ठ नागरिकहरुको स्वास्थलाई मध्यनजर गर्दै विहिवार कास्कीको लेखनाथमा राखिएको बृहत्त आयुर्वेद स्वास्थ शिविरमा एक सय ५१ जनाले सेवा लिएका छन् ।
आयुर्वेद औषधीको प्रयोग र यसले पार्ने प्रभावका बारेमा जानकारी दिने उदेश्यले लोक सांस्कृतीक संरक्षण समिति र उज्ज्वल आमा समुहको आयोजना र गण्डकी आयुर्वेद औषधालयको प्राविधिक सहयोगमा संचालित शिविरमा पोखरा–२६ को सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्रका बृद्ध बृदाका लागि स्वास्थ्य परामर्श, सुगर, पे्रशरको परिक्षण, ग्याष्ट्रिक तथा वाथ रोगको पहिचान गरि निःशुल्क रुपमा औषधी वितरण गरिएको थियो ।
शिविरको उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा.विनोद विन्दु तिमिल्सेनाले रोग लाग्नु पुर्व नै आफनो स्वास्थ्यका बारेमा समयमा नै ख्याल गरि खानपिनलाई सन्तुलन गर्न नसक्दा विरामी पर्न सकिने भएकाले आयुर्वेदीक औषधीको प्रयोगबाट निरोगी वन्न सकिने सुझाव राखेको थिए ।
आयोजक संस्था लोक साँस्कृतीक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव भीमनाथ अधिकारी, गण्डकी आयुर्वेद औषधालयका डाक्टर कुमार कौशल, प्राविधिक कृष्ण पौडेल लगायतले जेष्ठ नागरिकलाई आयुर्वेदीक औषधीले राम्रो काम गर्ने भएकाले समयमा नै रोगको पहिचान गरि औषधीको प्रयोग गर्दा यसले सकरात्मक प्रभाव पार्ने धारणा राखेका थिए ।
Discussion about this post