लेखनाथ, २६ वैशाख । पोखरा २७ तालचोकमा रहेको सात ताल दोहोरी साझका संचालक सुनित बस्नेत पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ३२ बडहरे स्थायी घर भई तालचोक बस्ने बस्नेतले दोहोरीमा आएका युवा तेज बहादुर गुरुङलाई कुटपिट गरेको जाहेरीको आधारमा पक्राउ गरिएको हो ।
सोमबार साझ बस्नेतलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए । ज्यानमार्ने उद्योगमा उनलाइ पक्राउ गरिएको छ । ८ दिनको लागी म्याद थप गरेर थप अनुसंधान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post