लेखनाथ, २१ चैत । पोखरा महानगरपालिका वडा नं २९ निवासी पुर्व शिक्षक विजयराज भण्डारीले आफनो जन्मदिनको अवसर पारेर पोखरा २६ को सिर्जना बहिरा माविमा अक्षयकोष स्थापना गरेका छन् । आफनो ६६ औ जन्मदिवसको अवसर पारेर विजयराज भण्डारी र श्रीमती सिता भण्डारीको नाममा विद्यालयको शौक्षिक विकासमा सहयोग पुग्ने गरि एक लाख रुपैंया वरावरको विजय/सिता भण्डारी अक्षयकोष स्थापना गरेका हुन् ।
जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटाएर सामाजिक क्षेत्रका लगाउनुपर्छ भन्ने प्ररणा दिने उदेश्यले भण्डारी परिवारले स्थापना गरेको अक्षयकोषको आधा ब्याजबाट गरिव तथा जेहेन्दार विद्यार्थीको पठन पाठनमा खर्च गर्ने र आधा ब्याज पुन कोषमा नै राख्ने गरि कार्यविधी बनाईएको छ ।
अक्षयकोषको रकम हस्तान्तरण गर्दै भण्डारीले विद्यालयमा अध्ययन गर्ने ४५ जिल्लाका वहिरा विद्याथीहरु आर्थीक अभावका कारण पठन पाठनबाट बञ्चित हुन नपरोस भन्दै अन्य ब्यक्तिहरुका लागि पनि प्ररणाको स्रोत वनोस भनेर कोष स्थापाना गरेको बताएका थिए ।
विद्यालय संचालक समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सुनिल भण्डारी, सहायक प्रअ राजेन्द्रप्रसाद शर्मा, विद्यालय संचालक समितिका सदस्य गैरादेवी पाईजा, अम्विका आचार्य, शिक्षाक अभिभावक संघका अध्यक्ष ह्रदयकुमार श्रेष्ठ, शिक्षक संघ पोखरा महानगरपालिका सभापति किरण बाबु न्यौपाने लगायतले कोषको रकमको सहि सदुपयोग गरेर विद्यार्थीको पठन पाठनमा सहयोग पु्ग्ने विश्वास ब्यक्त गरेका थिए ।
Discussion about this post