• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

हिउँले खाएका सुरजका सपना

Ramsharan Nepali by Ramsharan Nepali
April 3, 2024
in समाचार, स्थानीय
0
0
SHARES
287
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, २१ चैत्र ।
२६ वर्षीय सुरज बोहोराले दुवै खुट्टा गुमाउनुपर्ला भनेर कल्पना सम्म पनि गरेका थिएनन् । तर, नसोचेकै भइदियो, गत ३ महिनादेखि उनी अप्ठेरो जीवन बाँचिरहेका छन् । उनको उपचारका लागी परिवारले उनलाई पोखराका विभिन्न अस्पताल हुँदै काठमाण्डौसम्म पुर्याए तर, चिकित्सकले उपचारमा ढिलो ल्याइएको जनाउँदै खुट्टा काटेर फाल्नुको विकल्प नरहेको बताए ।

परिवारका अनुसार सुरज पुसको पहिलो साता साथीहरुसँग घुम्नको लागी पोखराबाट सिकलेस पुगेका थिए । सिकलेसमै रहेको बेला त्यहाँ तिन दिनसम्म हिउँ पर्यो । सबै साथीहरु हिउँ खेल्न पाएकोमा रमाए, उनी पनि साथीहरुसँगे हिउँ खेलेर रमाए, सिकलेसबाट फर्केपछि उनको खुट्टामा समस्या देखा पर्यो । एक्कासि दुवै खुट्टा झमझमाउने र दुख्ने हुन थाल्यो । विस्तारै निको होला भन्दै उनी २÷३ दिन जति घरमा बसे, त्यस विचमा खुट्टा निको हुनुको साटो झन धेरै दुख्ने, काला धब्बाहरु देखा पर्न थाले, त्यसपछि परिवारले उनलाई पोखराको फिस्टेल अस्पताल पुर्याए । फिस्टेल अस्पतालले पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गर्यो, त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि उनलाई काठमाण्डौको मेट्रो सिटि अस्पताल लगियो । त्यहाँ पुग्दा ६ दिन ढिला भइसकेको चिकित्सकले बताए जति बेला सुरजका दुवै खुट्टा बिग्रिसकेका थिए । खुट्टा बिग्रिएको औंल्याउँदै चिकित्सले त्यसलाई थप फैलिन नदिन बिग्रिएको भाग काटेर फाल्नुपर्ने बताए ।

छोराको खुट्टा निको हुन्छ भन्ने आमा शान्ति बोहोरालाई लागेको थियो । ‘६ दिन पहिले नै ल्याउन सकेको भए खुट्टा काट्नुपर्ने रहेनछ’ संक्रमण फैलन सक्ने भनेर डाक्टरले भनेपछि दुबै खुट्टाको घुँडा माथी सम्मको भाग काट्नुप¥यो,’ आमा शान्ती दुःखको सुस्केरा हाल्छिन् । बुढेसकालमा सहारा होला भन्ने छोराको दुबै खुट्टा गुमेपछि उसको भविष्य सम्झेर रनभुल्नमा पर्छिन् आमा शान्ति ।

यस अघि रोजगारीको शिलशिलामा ४ वर्ष कतार वसेर फर्किएका थिए सुरज, खाडी मुलुकबाट फर्केपछि अलि राम्रो देश गएर धेरै पैसा कमाउला र स्वेदशमै केही पेशा व्यवसाय गरौंला, बुढेसकालमा बाबु आमालाई सुखले राखौंला भन्ने भन्ने उनको सपना थियो । अहिले दुवै खुट्टासगै हिउँले उनका सपनाहरु पनि खाएको छ । अबको जिवन कसरी अगाडी वढाउने भन्नेमा उनी अलमल्ल छन ।

सहयोगको याचना
दुवै खुट्टा गुमाएका बोहोरा अहिले घरमै उपचाररत छन । घाउ निको भैसकेको छैन, नियमित औषधी खाईरहनुपरेको छ । बुवा देबी बहादुर बोहोरा भुतपुर्व नेपाली सैनिक हुन । उनी जागिरको शिलशिलामा डोल्पाबाट पोखरा आएर जम्मा गरेको पैसाले पोखरामै छोराछोरी पढाउने र बस्ने व्यवस्था गर्नमै सकियो । अहिले छोराको उपचार गर्दैमा १०/१२ लाख ऋण लागिसक्यो, अब थप उपचार कसरी गर्ने भन्नेमै उनी चिन्तीत छन । कृत्रिम खुट्टा राख्न सके उनको दैनिकी केही सहज हुने थियो कि भन्ने आशा बाबु देबी बहादुरलाई लागेको छ, तर उपचारको क्रममै ऋणमा डुबेपछि थप रकम जुटाउने उपाय पनि नभएकोले थप औषधी उपचारको लागी उनले सहयोगको याचना गरेका छन ।

बुधबार मात्रै नारायणदत्त दुर्गा स्मृति कोषले उनलाई नगद रू २० हजार ५ सय १५ सहयोग गरेको छ । कोषमा रहेको ६ लाख ६ हजार ६ सय ६ रूपैयाँ को अक्षय कोषले हरेक बर्ष सामुदायिक बिधालयमा अध्ययन गर्ने बिपन्न परिवारलाई आर्थिक सहयोग गर्दैआएको र अहिले समुदाय स्तरमा सहयोग गरेको कोषका अध्यक्ष देबेन्द्र रानाभाटले बताए ।

पूर्ब सभामुख तारानाथ रानाभाटको परिवारबाट आफ्ना स्वर्गीय बुवा र भाइ बुहारि दुर्गा रानाभाटको स्मृतिमा अक्षयकोषको स्थापना गरिएको कोषका संरक्षक खिलेन्द रानाभाटले बताए ।

Previous Post

जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष

Next Post

लिटिल गार्डेन मन्टेस्वरी एण्ड प्री स्कुलकाे दिक्षान्त कार्यक्रम

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लिटिल गार्डेन मन्टेस्वरी एण्ड प्री स्कुलकाे दिक्षान्त कार्यक्रम

लिटिल गार्डेन मन्टेस्वरी एण्ड प्री स्कुलकाे दिक्षान्त कार्यक्रम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?