लेखनाथ,१८ चैत । संगठन विस्तारको अभियानलाई अगाडी सारेका राष्ट्रिय स्वतन्त्र पाटीले पोखरा महानगरपालिका वडा नं २९ मा प्रभात पौडेलको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पाटीका जिल्ला तथा प्रदेश तहका नेताहरुको उपस्थितीमा पोखरा २९ को भण्डारढीकमा भएको भेलाले कमिटिको सह संयोजकमा गंगा बहादुर परियार,सचिवमा रवि रानाभाट र सदस्यहरुमा अञ्जु गुरुङ,समित्रा सुनार,पुनम नेपाली,मञ्जु गुरुङ,पदमा गुरुङ,योगेन्द्र गुरुङ,चन्द्र वहादुर क्षेत्री र तुल बहादुर कुमाल रहेका छन् ।
कार्यक्रममा केन्द्रिय प्रशिक्षण विभागका सदस्य माधव प्रसाद कंडेलले पाटीले राष्ट्र निर्माण र परिवर्तनका लागि अगाडी सारेको अभियानलाई सवैले आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका थिए ।
पोखरा महानगरपालिकाका सभापति नारायण प्रसाद आचार्यले नेपाल बहु धर्म,भाषा,सस्कृती र जातजाती भएको देश भएकाले सवैलाई समेट्ने गरि संवैधानिक समाजबाद,डिजिटल डेमोक्रासी र विकासवादको सिध्यान्तलाई पाटीले अंगीकार गरेको धारणा राखेका थिए ।
Discussion about this post