लेखनाथ,१८ चैत । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौमा रहेको लक्ष्मी माविमा भुपू विद्याथीहरुको भेलाले एशोसियसनलाई पुर्न गठन गरेको छ ।
एशोसियन गठन भएर पनि सुसुप्त अवस्थामा रहेको र समितिका केही सदस्यहरु वाहिरी रहेकाले समितिलाई पुर्णता दिनका लागि सस्थापक तदर्थ समितिका संयोजक गोविन्द भण्डारीको संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो ।
विद्यालयका प्रधानाध्याक जगनाथ अधिकारीको अध्यक्षतामा भएको भेलाले समितिलाई सक्रिय बनाउदै वि स २०४८ साल देखिका भुपू विद्यार्थीहरुलाई समेट्ने गरि समितिलाई पुर्णता दिएको हो ।
नवगठित समितिको सह संयोजकमा रोहित वराल,सचिवमा गगंधर वराल,कोषाध्यक्षमा सविता बराल र सदस्यहरुमा उदिपराज ढुगाना,भुपेन्द्र के शी,भीमपाणि बराल,सितल ढुगाना र आनन्द वजगाई रहेका छन् ।
Discussion about this post