लेखनाथ,१५ चैत । कास्की नेत्रहिन संघले अपाङ्ता भएका ब्यत्तिको जिवन यापनमा सहयोग पुग्ने गरि १५ दिने सिपमुलक तालिम प्रदान गरेको छ ।
सामाजिक विकास कार्यालय कास्कीको प्राविधिक सहयोग चैत १ गते देखि संचालित तालिममा सहभागी ३२ जनालाई मुडा,कुचो,नाम्लो,सिंके झाडु र डोको बनाउने तालिम प्रदान गरिएको हो ।
शारिरिक रुपमा कमजोर भएका ब्यत्तिहरुको आय आर्जनमा सहयोग पुग्ने गरि पोखरा महानगरपालिका वडा नं १४ र २६ देखि ३२ सम्मका शारिरिक अपा®ता भएका ब्यत्तिहरुलाई समुदायमा आधारित पुनस्थापना कार्यक्रम मार्फत तालिम प्रदान गरिएको हो ।
यसैविच तालिम समापन समारोहमा बोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले तालिममा सिकेका कुरालाई वास्तविक जिवनमा उतारेर आफनो जिवन यापनका लागि केही नै गरेर देखाउन आग्रह गरेका थिए ।
नेत्रहिन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका निवर्तमान अध्यक्ष भीमपाणि बराल,तालिमका प्रशिक्षक विष्णु प्रसाद अधिकारी,सहभागीहरुको तर्फबाट विपिन सुनार र फुलमाया गुरुङले तालिममा सिकेका कुरालाई ब्ववाहारमा उतारेर उत्पादीत वस्तुको वजारीकरणका लागि राज्य तहले ध्यान दिनु पर्ने सुझाव राखेका थिए ।
नेत्रहिन संघ कास्कीका सचिव सुसिल गोदारले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष सुनिता ज्ञवालीले कार्यक्रमको उदेस्य र उपयोगिताका बारेमा जानकारी गराएकी थिईन ।
Discussion about this post