• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

सुर्य तारा (नेकाेस) खेल महाेत्सव शुरु, उद्घाटन खेलमा आयोजकको विजयी शुरुवात

Ramsharan Nepali by Ramsharan Nepali
March 16, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
141
VIEWS
Share on FacebookShare on Twitter

 


लेखनाथ, ३ चैत्र । सुर्य तारा (नेकाेस) खेल महाेत्सव शनिबारबाट लेखनाथमा शुरु भएकाे छ । सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा पाेखरा-२९ स्थित प्रस्तावित् भण्डारढिक रंगशालामा शुरु भएकाे महाेत्सवकाे उद्घाटन गर्दै नेकपा एमालेका महासचिव शंकर पाेखरेलले राजनितिक अस्थीरताका कारण मुलुककाे आर्थिक अवस्था नाजुक बन्दै गएकाे वताए ।

उनले राजनितिक अवस्था अस्थिर भएकै कारण सामाजीक, सांस्कृतीक एवं खेलक्षेत्रकाे विकास हुन नसकेकाे वताउँदै नेकपा एमाले सहमती र सहकार्यकाे माध्यमबाट मुलुककाे विकासकाे लागि अगाडि वढ्न चाहेकाे वताए ।

महासचिव पाेखरेलले गण्डकी प्रदेशकाे पाेखरालाई पर्यटकीय राजधानी घाेषणासँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पर्यटन प्रवर्दन एवम खेलकुदकाे पुर्वाधार विकासमा राज्यले ध्यान दिनुपर्नेमा जाेड दिएका थिए ।

यस्तै पुर्व गृहमन्त्री एवं गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले खेल क्षेत्रकाे विकासकाे माध्यमबाट सम्मृदी  हासिल गर्न सकिने वताउँदै यसमा राज्यले ध्यान पुर्‍याउनुपर्ने वताएका थिए ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले खेल क्षेत्रकाे समुचित विकास हुन नसकेकाे र खेलाडीहरुले खेल खेलेर बाँच्न सक्ने अवस्था नभएकाे बताउँदै राज्यले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र राजनितिक दलहरुले खेलकुदकाे मुद्दालाई पनि राजनितिक मुद्दा बनाउनुपर्नेमा जाेड दिएका थिए ।

यस्तै पाेखरा महानगरपालिका वडा नं २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले शिक्षा स्वास्थ्य र खेलकुदलाई वडाले प्राथमिकता दिदैं आइरहेको महाेत्सवले ऐतीहासीक परिचय स्थापित हुने विश्वास व्यक्त गरे । उनले प्रस्तावित रंगशालाकाे रुपमा रहेकाे भण्डारढिक खेल मैदानमा पर्याप्त पुर्वाधार नभएकाे र भएका पनि अधुराे अवस्थामा रहेकाले यसकाे विकासकाे लागि संघिय सरकारकाे ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा सुर्यतारा युवा क्लवका अध्यक्ष एवं महाेत्सवका संयाेजक विष्णु पुनले खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तराष्ट्रिय ख्याति स्थापित गर्दै खेलकुद क्षेत्रको समग्र संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै आन्तरीक र बाह्य पर्यटनको प्रबंधनका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महाेत्सवकाे आयाेजना गरिएकाे बताए ।

कार्यक्रमअघि विभिन्न ८१ संघ संस्था एवम महिला/आमा समुहहरुले आफ्नो कला संस्कृती, परम्परा सहितकाे पहिचान झल्कीने झाँकी प्रस्तुत गरेका थिए ।

सुर्यतारा युवा क्लवका अध्यक्ष एवं महाेत्सवका संयाेजक विष्णु पुनकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष एवम महाेत्सवका सह-संयाेजक दिपेन्द्र पाैडेलले स्वागत गरेका थिए भने कार्यक्रमकाे सञ्चालन क्लवकी सचिव सरस्वती श्रेष्ठ र खेलकुद महासंघ गण्डकी प्रदेशका सह-सचिव कृष्ण अधिकारीले गरेका थिए ।

शनिवार नै आयोजक सुर्यतारा युवा क्लव र त्रिशक्ती युवा क्लव, माछापुच्छ्रे गाउँपालिका विच भएकाे उद्घाटन खेल फुटबल प्रतियाेगितामा आयोजकले विजयी शुरुवात गरेकाे छ । त्रिशक्ती युवा क्लवलाई २-० काे गाेल अन्तरलाई पराजित गर्दै आयोजक सुर्य तारा नेकाेस ले पहिलाे जित दर्ता गरेकाे हाे । प्रतियाेगिता अन्तर्गत आइतबार पहिलाे खेल विभागीय टिम एपीएफ र संगम क्लव विच हुनेछ भने दाेश्राे खेलमा सत्य युवा क्लव बाँझापाटन र सहारा क्लव पाेखरा भिडनेछन ।

महाेत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दाे, खुल्ला महिला स्लाे स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दाे प्रतियाेगिता, कास्की जिल्लास्तरीय विद्यालयस्तरीय नृत्य प्रतियाेगिता र संघसंस्था स्तरिय झाँकी प्रदर्शनी प्रतियाेगिता हुनेछन ।

खेल महाेत्सवमा फुटबल प्रतियोगिता तर्फ विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियाेगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिनेछ ।

यस्तै खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार  नगद रु. ३३ हजार ३ सय ३३ र तृतीय पुरस्कार नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ भने गण्डकी प्रदेश स्तरिय तेक्वान्दाे प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ५५ हजार ५ सय ५५, द्वितीयलाई नगद रु. ३३ हजार ३ सय ३३ र तृतीयलाई नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ ।

कास्की जिल्ला विद्यालय स्तरिय नृत्य प्रतियोगिता प्रथम हुनेलाई नगद रु. ५५ हजार ५ सय ५५, द्वितीय हुनेलाई नगद रु. ३३ हजार ३ सय ३३ र तृतिय हुनेलाई नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ । खुल्ला महिला स्लो स्कुटर रेस प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ३३ हजार ३ सय ३३, द्वितीय पुरस्कार नगद रु.२२ हजार २ सय २२ र तृतीय पुरस्कार नगद रु. ११ हजार १ सय ११ काे व्यवस्था गरिएकाे छ ।

एथ्लेटिक प्रतियोगिता अन्तरगत सम्पन्न विद्यालय स्तरीय छात्र/छात्रा, खुल्ला महिला र ४५ वर्ष माथीकाे भेट्रान्स ७ किमि दाैडतर्फ प्रथम हुने खेलाडीहरुलाई सात हजार, दितिय हुनेलाई पाँच हजार र तृतिय हुनेलाई तिन हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

महाेत्सवकाे मुख्य प्रायोजकमा कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.ली. रहेकाे छ भने प्रवर्द्धकहरुमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषद रहेका छन ।

Previous Post

स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान

Next Post

लेखनाथमा खेल महोत्सव जारी, साेमबार देखि क्वाटर फाईनलका खेल

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेखनाथमा खेल महोत्सव जारी, साेमबार देखि क्वाटर फाईनलका खेल

लेखनाथमा खेल महोत्सव जारी, साेमबार देखि क्वाटर फाईनलका खेल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?