लेखनाथ, २८ फागुन । सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा यहि चैत्र ३ गतेदेखी चैत्र ११ गतेसम्म लेखनाथमा सुर्य तारा (नेकोस) खेल महोत्सव हुने भएको छ ।
खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तराष्ट्रिय ख्याति स्थापित गर्दै खेलकुद क्षेत्रको समग्र संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै आन्तरीक र बाह्य पर्यटनको प्रबंधनका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरा–२९ स्थित प्रस्तावित् भण्डारढिक रंगशालामा खेल महोत्सवको आयोजना गरिएको आइतबार लेखनाथमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिईयो ।
महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दो, खुल्ला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्लास्तरीय विद्यालयस्तरीय नृत्य प्रतियोगिता र संघसंस्था स्तरिय झाँकी प्रदर्शनी प्रतियोगिता खेल संयोजक एवं नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुनले जानकारी दिए।
महोत्सव अन्तर्गत चैत्र २ र ३ गते खुल्ला व्याडमिन्टन प्रतियोगिता, चैत्र ३ गते संघसंस्था स्तरिय झाँकी प्रर्दशनी प्रतियोगिता, चैत्र ३ र ४ गते गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता, चैत्र ३ गतेदेखी ११ गतेसम्म पुरुष फुटबल प्रतियोगिता, चैत्र १० गते खुल्ला महिला स्लो स्कुटर रेस प्रतियोगिता हुनेछ भने गत फागुन १९ गते एथलेटिक्स प्रतियोगिता अन्तर्गत ७ किलोमिटरका चार विधामा दौड प्रतियोगिता सम्पन्न भएका छन ।
खेल महोत्सवमा फुटबल प्रतियोगिता तर्फ विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिनेछ ।
यस्तै खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार नगद रु. ३३ हजार ३ सय ३३ र तृतीय पुरस्कार नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ भने गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ५५ हजार ५ सय ५५, द्वितीयलाई नगद रु. ३३ हजार ३ सय ३३ र तृतीयलाई नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ ।
कास्की जिल्ला विद्यालय स्तरिय नृत्य प्रतियोगिता प्रथम हुनेलाई नगद रु. ५५ हजार ५ सय ५५, द्वितीय हुनेलाई नगद रु. ३३ हजार ३ सय ३३ र तृतिय हुनेलाई नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ । यसै गरी खुल्ला महिला स्लो स्कुटर रेस प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ३३ हजार ३ सय ३३, द्वितीय पुरस्कार नगद रु.२२ हजार २ सय २२ र तृतीय पुरस्कार नगद रु. ११ हजार १ सय ११ को व्यवस्था गरिएको छ ।
एथ्लेटिक प्रतियोगिता अन्तरगत सम्पन्न विद्यालय स्तरीय छात्र÷छात्रा, खुल्ला महिला र ४५ वर्ष माथीको भेट्रान्स ७ किमि दौडतर्फ प्रथम हुने खेलाडीहरुलाई सात हजार, दितिय हुनेलाई पाँच हजार र तृतिय हुनेलाई तिन हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
महोत्सवको मुख्य प्रायोजकमा कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.ली. रहेको छ भने प्रवर्द्धकहरुमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषद रहेका छन ।
Discussion about this post