लेखनाथ, ३० फागुन । पाेखरा महानगरपालिका वडा नं २८ ले आ.व २०८०/०८१ मा गठन भएका टाेल विकास संस्थाका पदाधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न गरेकाे छ ।
वडाकाे आयोजना एवं पाेखरा महानगरपालिका सामाजिक विकास महाशाखाकाे समन्वयमा टाेल देखि वडाकाे विकासका लागि टाेल विकास संस्थाहरुकाे भुमीका, दायीत्व, काम, कर्तब्य र अधिकारका विषयमा जानकारी गराउने उद्देश्यले आयोजीत कार्यक्रममा वडाभित्रका १७ वटा टाेलविकास संस्थाका पदाधीकारीहरुकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा पाेखरा महानगरपालिका प्रशासन महाशाखाका प्रमुख कृष्ण प्रसाद तिवारी, वडा नं २८ काे कार्यालयका लेखापाल रविन्द्रराज कपाडी, वडा सचिव विष्णु प्रसाद लामिछानेले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बाेल्दै वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडाभित्र गठन भएका टाेल विकास संस्थाहरुले वडाकाे सहयाेगी अंगकाे रुपमा कार्य गर्दै वडाकाे विकासमा सकारात्मक भुमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
वडाध्यक्ष श्रीकृष्ण लामिछानेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य डाल्डादेवी भुजेलले स्वागत गरेकी थिईन भने कार्यक्रमकाे सञ्चालन कर्मचारी सहायक पाँचौं माधव ढकाल र व्यवस्थापन कम्प्युटर अपरेटर सविन भुजेलले गरेका थिए ।
Discussion about this post