लेखनाथ, ६ फागुन । युवाहरुको व्यक्तित्व तथा नेतृत्व निर्माणमा समर्पित लेखनाथ जेसीजले आफ्नो २६ औ स्थापना दिवसका अवसरमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
जेसीज गाउँका रुपमा चिनिने पोखरा–२७ को बडहरेमा राखिएको शिविरमा एक सय ४५ जनाले परिक्षण गरेका थिए जहाँ निशुल्क सुगर, रगतको खराब बोसो(टिजि), प्रेसर तथा अन्य विविध स्वास्थ्य सम्बन्धी जाँच र परामर्शका साथै निशुल्क औषधि वितरण गरिएको थियो ।
रोग लाग्नुपुर्व नै आफनो स्वास्थ्यका वारेमा जानकारी लिनु पर्छ भन्ने उदेस्यका साथ सुरु भएको कार्यक्रममा पोखरा महानगरपालिका वढा नं–२७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङबाट डा. सन्दिप ओझालाइ मेडिकल सामग्री प्रदान गरि सुरु भएको कार्यक्रममा डाँडाको नाकका प्रहरी निरिक्षक याम नारायण अर्याल, सस्थापक अध्यक्ष बाबुराम जमरकट्टेल, पोखरा जेसीजका अध्यक्ष देवराज शर्मा, लेखनाथ सामुदायिक प्रहरी सेवा तथा सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्ण अधिकारी, नागरीक परोपकार समन्वय समिती कास्कीका अध्यक्ष चिरञ्जीवी तिवारी, धर्मशाला टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद तिमिल्सीना, बडहरे टोल विकास संस्थाका अध्यक्ष भरत गन्र्धव तथा लेखनाथ संक्रामक तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट डा. सन्दिप ओझा लगायतले जेसीजले गरेको योगदानको प्रशंसा गर्दै समय अनुसार नेतृत्व निर्माण गर्न सक्ने एक मात्र संस्था जेसीज रहेको जानकारी गराएका थिए ।
लेखनाथ जेसीज वर्ष २०२४ का अध्यक्ष प्रकाश राई भाटको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २७ तालचोकमा रहेको पश्चिमाञ्चल डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रा. लि. को सहकार्यमा सम्पन्न भएको स्वास्थ्य शिविरमा स्वागत मन्तव्य सिवानी केसी, आस्था पाठ कार्यकारिणी उपाध्यक्ष प्रवलमणि भण्डारी र धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष चन्द्रप्रकाश ढुंगाना तथा कार्यक्रम सञ्चालन महासचिव मौसम बरालले गरेका थिए ।
Discussion about this post