• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

पोखरा विश्वविद्यालयका साढे सात हजार विद्यार्थी दीक्षित

Ramsharan Nepali by Ramsharan Nepali
February 20, 2024
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
122
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ८ फागुन । पोखरा विश्वविद्यालयको १९ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायका गरी ७ हजार ६ सय ५१ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालय परिसर पोखरा–३० खुदी, ढुङ्गेपाटनमा विश्विद्यालयका सहकुलपति एवम् शिक्षामन्त्री अशोक राईको उपस्थितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्षसमेत रहेका प्रा.डा. भगवान् कोइरालाको प्रमुख आतिथ्यतामा मङ्लबार दीक्षान्त समारोह सम्पन्न भएको हो ।

समारोहमा वरिष्ठ मुटु शल्य चिकित्सक, समाजसेवी प्राडा भगवान् कोइरालाले नेपालको दोस्रो विश्वविद्यालय पोखरा विश्वविद्यालयको गुणस्तरलाई अझ बढाउन एकीकृत प्रयास आवश्यक हुने उल्लेख गरेका छन । उनले विश्वविद्यालयहरुमा गुणस्तर कायम गर्नका लागि योग्यता अनुरुप जिम्मेवारी दिइनुपर्ने सुझाव व्यक्त गरे । उनले भने–“विश्वविद्यालय शिक्षामा गुणस्तर कायम गर्न योग्य व्यक्तिलाई सही स्थानमा जिम्मेवारी दिनुपर्छ । विश्वविद्यालयलाई सिक्ने र सिकाउने थलोको रुपमा विकास गर्नुपर्छ ।”

राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालयहरुको गुणस्तर खस्किँदै गएको भन्दै उनले देशलाई अगुवाई गर्न सक्ने, समाजलाई नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । नेपालमा पद्धति अनुसार काम हुन्छ, योग्यता, क्षमताको कदर हुन्छ भन्ने विश्वास दिलाउन सके विदेश गएका दक्ष नेपालीलाई पनि फर्काउन सकिने उनको भनाइ छ ।

“विश्वविद्यालयहरुले नेपाली माटो सिकाउँदो शिक्षा दिनुपर्छ र यहाँका उत्पादनले देशलाई सिकाउनुपर्छ, देशबासीको मोडल बन्नुपर्छ,” उनले भने । शिक्षापछि रोजगारी र अवसर नहुँदा नेपाली विद्यार्थी पलायनले विश्वविद्यालयहरु गम्भीर मोडमा पुगेको र राज्यको ठूलो लगानीको पनि उपयोग नहुने अवस्था आएको उनको भनाइ छ ।

विश्वविद्यालयका सहकुलपति एवम् शिक्षामन्त्री अशोक राईले नेपाली विश्वविद्यालय, शिक्षालयहरुले नयाँ कुरा खोजी गर्दा आफ्ना संस्कार, परम्परा, दर्शनको अनुसन्धान र प्रयोगमा उचित ध्यान पु¥याउन नसकेको विचार व्यक्त गरे । विश्वविद्यालयका उत्पादनलाई रोजगारमा जोड्न सरकार शैक्षिक नीतिमै परिवर्तन गर्ने सोचमा रहेको उनले वताए । विश्वविद्यालयहरुलाई प्रतिष्पर्धी, प्रभावकारी र नमुना बनाउन प्राज्ञिक जनशक्तिलाई नै जिम्मा दिइनुपर्ने उनले वताए । “विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्नैपर्छ । हामी एक दिन दीक्षान्तमा आएर, कुरा गरेर विश्वविद्यालयहरु सुध्रिने, प्रभावकारी बन्ने भन्ने हुँदैन । प्राज्ञिक व्यक्तित्व आउनुपर्छ ।”

समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले विश्वविद्यालयको अवस्था र भावी योजनामाथि प्रकाश पारेका थिए । पोखरा विश्वविद्यालय ऐन २०५३ अनुसार २०५४ मा स्थापित पोखरा विश्वविद्यालयका चार आंगिक महाविद्यालय छन् । विश्वविद्यालयमा एक सय ४५ स्थायी र ५२ करार शिक्षक र दुई सय १२ कर्मचारी कार्यरत छन् । पोखरा विश्वविद्यालयमा तीन संयुक्त आंगीक र ५८ सम्बन्धन प्राप्त महाविद्यालयमा ६४ कार्यक्रममा अहिले ३५ हजार दुई सय ४० विद्यार्थी छन् । चाडै विभिन्न तहमा १६ कार्यक्रम थप गर्ने लक्ष्य लिएको यो विश्वविद्यालयले गत सालबाट पोखरा–३०, खुदीमा एक सय शैयाको शिक्षण अस्पतालसमेत सञ्चालन गरेको छ ।

Previous Post

डायमण्ड माविको ३६ औं वार्षिकोत्सव सम्पन्न

Next Post

लेखनाथ जेसीजको स्थापना दिवसमा स्वास्थ्य शिविर

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथ जेसीजको स्थापना दिवसमा स्वास्थ्य शिविर

लेखनाथ जेसीजको स्थापना दिवसमा स्वास्थ्य शिविर

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?