लेखनाथ, ६ फागुन । पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको डायमण्ड माविले द्धिदिवसीय रुपमा आफनो ३६ औं वार्षिकोत्सव मनाएको छ ।
मुख्य कार्यक्रम फागुन ७ गते राखिए पनि आईतवार भएको पहिलो दिनको कार्यक्रममा विद्यार्थीहरुद्धारा बृहत्त शैक्षीक प्रर्दशनी, तथा साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
पहिलो दिन राखिएको डाममण्ड मेलाको उद्घाटन गर्दै आई एन जी ग्रुपका अध्यक्ष एवं शिक्षा उद्यमी सुलभ बुढाथोकीले वार्षिकोत्सवको अवसरमा आयोजित मेलामा राखिएका स्टलहरुमा विद्यार्थीहरुले गरिरहेका गतिविधिहरु नै उद्यमशिलता भएको वताए । उनले यसलाई नै निरन्तरता दिन सके उद्यमशिलताको विकास एवं स्वरोजगार बढ्न सक्ने विश्वास दिलाएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछाने (भोला)को अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल यम बहादुर रोकाले दुई दिवसीय वार्षिकोत्सवको अवसरमा पहिलो दिन आयोजना गरिएको मेलाको उद्धेश्य विद्यार्थीहरुमा अन्र्तनिहित प्रतिभाहरुको प्रर्दशन गर्दै त्यसबाट विद्यार्थीहरुको सिर्जनशिलता र उद्यमशिलताको विकास गराउनु रहेको वताए ।
डायमण्ड मेलाका रुपमा आयोजित पहिलो दिनको कार्यक्रममा विद्यार्थीहद्धारा विविध किसिमका गीत, संगित र साँस्कृतीक कार्यक्रम एवंम होटल म्यानेजमेण्ट विषयमा अध्यनरत विद्यार्थीहरुद्धारा आयोजित फुड् फेस्टीभल, विज्ञान प्रर्दशनी, चित्रकला प्रर्दशनी, विभिन्न मनोरञ्जनात्मक खेलहरु सहित उद्यमशिलताका सम्वन्धमा तालिम तथा परामर्श प्रदान गरिएको थियो ।
Discussion about this post