• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

त्रिवेणी पब्लिक माविको २८ औं वार्षिकोत्सव सम्पन्न

Ramsharan Nepali by Ramsharan Nepali
February 17, 2024
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
177
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २ फागुन । पोखरा महानगरपालिका वडा नं २७ को अर्घौचोकमा रहेको त्रिवेणी पब्लिक माध्यामिक विद्यालयले विविध कार्यक्रमका साथ बुधवार आफनो २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

श्रीपञ्चमीको दिन पनी भएकाले विद्याकी देवि सरास्वतीको पुजापाठ तथा आरधना गरि सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार प्राज्ञ सरुभत्त श्रेष्ठले विगतदेखी नै बालबालीकाहरुलाई नैतीक शिक्षा मात्र दिने गरिएकोमा यस्तो शिक्षा निति गलत भएको र अबका दिनमा बालबालिका हरुको कल्पनाशिलता, चिन्तनशिलता र आफैंले सोच्न सक्ने क्षमता अभिवृद्धी हुने खालको शिक्षा निती हुनुपर्ने र यसमा शिक्षक एवं अभिभावकहरुले मार्गदर्शन गर्नुपर्नेमा जोड दिए ।

सरकारले शिक्षा निति बनाउँदा विद्यार्थिहरुलाई किताबको भारी मात्र बोकाउने खालको बनाएको र यसले विद्यार्थहरु पाठ्क्रमको दबाबमा परिरहेको देखएको भन्दै उनले शिक्षा निती कस्तो बनाउने र त्यसलाई विद्यार्थहरुमाझ कसरी प्रयोगातात्मक रुपमा लैजाने भन्ने विषयमा निति निर्माताहरुले चिन्तन गर्नुपर्ने वताएका थए ।

सोही अवसरमा राष्ट्रिय परिक्षा वोर्ड गण्डकी प्रदेश परिक्षा ब्यवस्थापन कार्यालयका प्रमुख लक्ष्मण देवकोटाले गुणस्तरीय शिक्षाका नाममा अन्र्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त शिक्षा दिदै गर्दा उक्त शिक्षा विदेश जाने लाईसन्स मात्र भन्ने हो भने भोलीका दिनमा बिद्यालय पनि वन्द गर्नुपर्ने अवस्था आउन सक्ने वताएका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रि सुवेदीले अभिभावक नै पहिलो शिक्षक भएकाले आफना वावु नानीहरुलाई ज्ञानुक्त, सिपयुक्त र नैतिकवान वनाउनका लागि सवै क्षेत्रको भुमिका महत्वपुर्ण हुने धारणा राखेका थिए ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले त्रिवेणी पब्लिक मावि समाजको दृिष्टकोणमा, सरकारको दृष्टिकोणमा र एन प्याब्सन कास्कीको दृष्टिकोणमा उत्कृष्ट र अब्बल प्रमाणीत भएको वताउँदै अबका दिनमा किताबी ज्ञान मात्र नदिई जिवन जिउने खालका व्यवहारीक शिक्षा दिन आग्रह गरे ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले वडाको शैक्षक स्तर उकास्नका लागी विद्यालयले खेलेको भुमिकाका लागी आभार व्यक्त गर्दे वडा भित्र रहेका विद्यालयहरुको भौतीक पुर्वाधार तर्फ ठुलो फड्को मारेको वताउँदै शिक्षाको गुणस्तर कसरी वृिद्ध गर्ने भन्ने विषयमा आफुहरु चिन्तनशिल रहेको वताएका थिए ।

यस्तै हिसान कास्कीका अध्यक्ष यम बहादुर रोक्काले अहिलेको समय घोकन्ते शिक्षाको नभएकाले २१ औं शताब्दी अनुरुपको शिक्षा दिनुपर्ने वताएका थिए । लेखनाथ उद्योग बाणिज्य संघकी महासचिव जानुका अधिकारीले आफ्ना बाबुनानीहरुको गतिविधिहरुको विषयमा अभिभावकहरुले पनि चासो राख्नुपर्ने वताएकी थिईन । राइजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङले विद्यार्थिहरुलाई संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले चेतनामुलक नाटक, भजन कृतन सहित विविध सांस्कृतीक प्रस्तुती राखेका थिए भने केही प्रस्तुतीहरुमा अभिभावकहरुको समेत सहभागिता रहेको थियो । उक्त अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेवापत शिक्षक रामप्रसाद शर्मा र १० वर्षभन्दा वढि सेवा गरेका अनिल भण्डारी, खगराज धमला, हरी भण्डारी, कल्पना न्यौपाने, दिलमाया घर्ती, लक्ष्मी लामा, शिवराज गौतम र रिता पुर्जालाई सम्मान गरिएको थियो ।

समारोहमा गत शैक्षिक सत्रका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने साथै अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

उक्त अवसरमा विद्यालयका प्राचार्य विष्णु प्रसाद अधिकारीले विद्यालयको स्थापनाकालदेखी हालसम्मका गतीविधिहरुको बारेमा जानकारी गराउदै हरेक प्रतीयोगीतात्मक र्काक्रमहरुमा उत्कृष्ट स्थानमा उभ्याउन सफल भईरहेको वताएका थिए ।

बिद्यालय संचालक समितिका अध्यक्ष राजेन्द्रमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष गोविन्द भण्डारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक भरत अधिकारीले गरेका थिए ।

Previous Post

सिलिङ्गे कृषि सहकारीद्धारा स्थापना दिवसमा विउविजन वितरण

Next Post

विश्व विद्यालयमा राजनिती हुँदा विषम परिस्थीती आयो

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा
अर्थ खबर

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना
समाचार

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान
समाचार

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी
समाचार

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Next Post
विश्व विद्यालयमा राजनिती हुँदा विषम परिस्थीती आयो

विश्व विद्यालयमा राजनिती हुँदा विषम परिस्थीती आयो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?