लेखनाथ, ४ फागुन । विश्व विद्यालयको क्षेत्रमा चरम राजनितीक हस्तक्षेप भएकै कारण युवा जनशत्ति वाहिरीनु परेको बताईएको छ । गण्डकी प्रदेश सरकार मातहतमा रहेको गण्डकी विश्व विद्यालयको शुक्रवार भएको चौथो वार्षिक साधारण सभाका अधिका वक्ताहरुले यस्तो वताएका हुन् ।
कार्यक्रमका सहभागीहरुले उच्च शिक्षा हासिल गर्नका लागि विश्वविद्यालय प्रवेश गर्ने विद्यार्थीले त्यहाँ हुने राजनितीक भागवन्डा र राजनितीक सोर्सफोर्सलाई निजिकबाट निहाल्दा स्वदेशमा आफनो भविश्व नदेखे पछि विदेशिन बाध्य भएको तितो यथार्थको ब्याख्या गरेका थिए ।
कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्रि सुरेन्द्र पाण्डेले नेपालमा भएका १२ वटा विश्व विद्यालय भन्दा गण्डकी विश्वविद्याल फरक छ किनकी यहाँ राजनितीक आस्ताका कारण पदिय जिम्मेवारी नभई प्राज्ञीक ब्यत्तिले मात्र जिम्मेवारी पाउने ब्यवस्था भएकाले यहाँ राजनितीक प्रभाव नरहेको प्रस्ट पार्दै शिक्षीक सस्थालाई राजनितीको अखडा बनाउन नहुनेमा जोड दिएका थिए ।
साथै मुख्य मन्त्रि पाण्डेले नेपाललाई चाहिने दक्ष जनशित्त विदेशबाट आउने र यहाँका अदक्ष जनशत्ति रोजगारीका लागि विदेशिने क्रम बढेकै कारण शिक्षाको क्षेत्र क्रमश कमजोर हुदै गएकाले अव हामीले देशलाई चाहिने दक्ष जनशत्ति स्वदेशमा नै उत्पादन गर्न सक्नु पर्छ उनको सुझाव थियो ।
सोही अवसरमा गण्डकी प्रदेशका सस्थापक मुख्य मन्त्रि पुथ्वीसुब्वा गुरुङले काम त सवैले गर्छन तर जसले फरक शैलीमा काम गर्छ उ मात्र सफल भएको उदाहरण दिदै गण्डकी विश्व विद्यालयले उत्पादन गर्ने जनशत्ति मध्ये ८० प्रतिशत प्राविधिक विषय र वाँकी २० प्रतिशत अन्य भएकाले यहाँ अध्यनरत विद्यार्थी रोजगारीका लागि विदेसिनु पर्ने अवस्था नरहेको बताएका थिए ।
यसैगरि पुर्व मुख्य मन्त्री खगराज अधिकारीले पढाईको साथमा रोजगारलाई सगसगै लैजानु पर्ने सुझाव राखेका थिए भने गण्डकी प्रदेश सामाजिक विकास, सुरक्षा तथा स्वाथ्य मन्त्रि शुसिला श्रङखडाले संघिय शिक्षा ऐन आउन किन ढिला भएको हो भन्दै प्रति प्रश्न गरेकी थिईन ।
गण्डकी विश्व विद्यालयका कुलपति गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा विश्वविद्यालयका उप-कुलपति प्रेम नारायण अर्याल,प्रदेश निती तथा पोजना आयोगका उपाध्यक्ष कृष्ण चन्द्र देवकोटा, गण्डकी विश्व विद्यालयका उपकुलपति नवराज देवकोटा, विश्व विद्यालयका साहायक प्रशासक डोलराज सुवेदी र पोखरा महानगरपालिका वडा नं-३२ का वडाअध्यक्ष अक्कल बहादुर कार्की लगायतले समयको माग र देशले खोजेको दक्ष जनशत्ति विश्वविद्यालयहरुले उत्पादन गर्नु सक्नु पर्ने आवस्यकता औल्याएका थिए ।
Discussion about this post