• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघमा शेयर बजार सम्बन्धी सचेतना कार्यक्रम

Ramsharan Nepali by Ramsharan Nepali
February 12, 2024
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
363
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २९ माघ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल धितोपत्र बोर्डको आयोजनामा लेखनाथमा धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सोमबार सम्पन्न भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशकद्धय श्याम मण्डल र भुपती पाण्डेले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा देशको वित्तिय प्रणाली, धितोपत्र बजारको महत्व, धितोपत्र बजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीय विवरण, धितोपत्र सम्बन्धि ऐन, नियम, धितो बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, लगानी गर्दा हुने फाइदाहरू, प्राथमिक वजार र दोस्रो शेयर बजारमा कारोबारका गर्दा थाहा पाउनुपर्ने वित्तीय विवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा जानकारी गराईएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका पुर्वअध्यक्ष बाबुराम गिरीले राष्ट्र बैंक, धितोपत्र बोर्ड र जस्ता नियमनकारी निकायहरुले बजारमा सकारात्मक म्यासेज दिन जरुरी रहेको बताए । उनले अहिलेको पुँजीबजारको समस्या समाधानको लागि नियमनकारी निकाय, सरकार र लगानीकर्ताहरुको सहकार्य आवश्यक रहेको बताए ।

यस्तै ग्रिन डेभलपमेण्ट बैंकका हरि बुढाथोकीले विगत दुई वर्ष देखि निरन्तर घटिरहेको शेयर बजार छिट्टै आउन लागेको राष्ट्र बैङ्कको मौद्रीक निति पछि सुधार हुने आशा व्यक्त गरेका थिए । तर, यही कारणले धितो पत्र बजारमा ठूलो उछाल आउने सम्भावना भने नदेखिएको उनले बताए । पछिल्लो १५–२० करोडको क्याप देखाउने दाँत मात्रै भएको टिप्पणी गर्दै शेयर बजारमा राष्ट्र बैङ्कले लगाएको क्याप पूर्ण रुपमा हटाउन उनले सुझाव दिए ।

उक्त अवसरमा नेपाल स्टक हाउस प्रालिका गोकुल रिमालले धितोपत्रबजारमा किनबेच गर्दा कसरी अवसरको सदुपयोग गर्ने लगायतका प्राविधिक पक्षहरूको बारेमा जानकारी दिनुका साथै देशको वर्तमान आर्थिक परिदृश्यका बारे चर्चा गरेका थिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’ले गरेका थिए ।

Previous Post

लक्ष्मी आदर्श मावि स्वर्ण महोत्सवको तयारीमा

Next Post

जन्मदिनको अवसरमा न्यानो कपडा तथा स्टेशनरी सहयोग

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
जन्मदिनको अवसरमा न्यानो कपडा तथा स्टेशनरी सहयोग

जन्मदिनको अवसरमा न्यानो कपडा तथा स्टेशनरी सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?