माघ २९, लेखनाथ –
सामाजिक व्यक्तित्व तथा शिक्षा सेवी ऋतु पौडेलले आफ्ना छोरा प्यारोल पौडेलको जन्मदिनको अवसरमा पोखरा ३२ स्थित कालिका आधारभूत बिद्यालयमा न्यानो कपडा तथा स्टेशनरी सहयोग गरेकी छन्। यस अघि पनि विभिन्न सामाजिक कार्यमा सक्रिय युवा उधमी समेत रहेकी पौडेलले आफ्नो छोराको जन्मदिन पारेर करिब ४० जना बिद्यार्थीहरु लाई स्टेशनरी तथा न्यानो कपडा बितरण गरेकी हुन्।
कार्यक्रममा बोल्दै पौडेलले – ‘ आफ्ना भावी पुस्ता हरुलाई समेत सामाजिक कार्यमा अग्रसर हुँदै सामाजिक बिकाशमा भूमिका खेल्न प्रेरणा मिलोस भनेर सानै देखि यस्ता कार्यमा अग्रसर भएको बताईन।’
उक्त सहयोग कार्यक्रममा नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि गी माया गुरुङ तथा कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक दोर्ण सुबेदीले सहयोगको प्रशंशा गर्दै आगामी दिनमा यस्ता खाले सहयोगले बिद्यार्थीहरुमा सकारात्मक भावना बिकाश हुने कुरा बताएका हुन्।
Discussion about this post