• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

लक्ष्मी आदर्श मावि स्वर्ण महोत्सवको तयारीमा

Lekhnath Khabar by Lekhnath Khabar
February 11, 2024
in शिक्षा, समाचार, समाज, स्थानीय
0
0
SHARES
218
VIEWS
Share on FacebookShare on Twitter

माघ २८, पोखरा – बि सं २०२५ सालमा टिनको बाकसमा सचिवालय खडा गरि स्थापना भएको कास्की जिल्लाको पुर्व भेग कै पुरानो विद्यालयका रुपमा चिनिदै आएको लक्ष्मी आदर्श माविले त्रिदिवसीय रुपमा स्वर्ण महोत्सव मनाउने भएको छ ।

चालु शैक्षिक सत्र २०८० लाई नै स्वर्ण वर्षका रुपमा मनाउदै आएको विद्यालयले आगामी फागुन १६, १७ र १८ गते स्वर्ण महोत्सव समापन समारोहका रुपमा मनाउन लागेको शनिवार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

बि सं २०७५ सालमा नै ५० वर्ष पुरा गरेको विद्यालयले स्वर्ण महोत्सव गर्ने तयारी गरिरहंदा कोभिड महामारीका कारणले स्थगित गरिएको स्वर्ण महोत्सवलाई भने यो वर्ष भब्यताका साथ मनाउन लागेको बिद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ भट्टराईले जानकारी दिए।

विद्यालयको ५६ औं वार्षिकोत्सव एवं स्वर्णजयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा स्थापना कालदेखि शैक्षिक, भौतिक क्षेत्रमा सहयोग पुर्याउदै आउनु भएका चन्दादाता, जग्गादाता, अक्षयकोषदाताहरु लगायत लाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको प्रधानाध्यापक भट्टराईले बताए ।

स्वर्ण महोत्सवका सन्दर्भमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मुल समारोह समिती र ३४ वटा विभिन्न उप समिति गठन गरि तयारीलाई तिव्रताका साथ अगाडी वढाईएको छ ।
स्वर्ण महोत्सवका अवसरमा सवै क्षेत्र तथा बर्गलाई समेटेर विभिन्न किसिमका रचनात्मक कार्यक्रम गदै फागुन १६ गते स्वर्णजयन्ती स्तम्भको अनावरण, फागुन १७ गते स्वर्णजयन्ती प्रवेशद्धारको उद्घाटन र फागुन १८ गते मुल समारोह सहित विद्यालयको ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशन गरिने स्मारिकाको विमोचन सहितको मुल समारोह गर्ने गरि तयारीलाई अगाडी वढाईएको हो ।

स्वर्णमहोत्सव तयारीका सन्दर्भमा राखिएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङले स्वर्ण महोत्सवलाई प्रभावकारी तरिकाले अगाडी वढाउनका लागि भुपु विद्यार्थी देखि अभिभावक र शिक्षकहरुले आ-आफनो क्षेत्रबाट सक्दो सहयोग गर्नका लागि सवैमा अनुरोध गरेका थिए ।

No description available.

यसै शैक्षिक सत्र देखि महानगरपालिकाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई ब्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्नका लागि प्लम्बिङ्ग – ३३ जना, सिलाईमा ९ जना, हेयर कटिङमा १० जना, ईलेक्ट्रिकलमा १८ जना र ब्युटी पार्लरमा ५२ जना बिद्यार्थीहरुको भर्ना गरि पठन पाठनलाई अगाडी बढाएको वडाध्यक्ष गुरुङले जानकारी दिए।

बिद्यालय ब्यवस्थाप समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्मारिका प्रकाशन उप समितिका संयोजक चतुराखर अधिकारी र शिक्षक अभिभावक संघका अध्यक्ष वामदेव जमरकटेल र पुर्व विद्यार्थीहरुको तर्फबाट पुर्व न्यायधिश वासुदेव न्यौपाने लगायतले स्वर्ण महोत्सवले विद्यालयको ऐतिहासिक विषय वस्तुलाई आम जनमानसमा लैजान सक्नु पर्ने धारणा राखेका थिए ।
विद्यालयमा चालु शैक्षिक सत्रमा १ हजार ६३ जना विद्यार्थीहरु अध्यनरत छन भने विद्यालयबाट अहिलेसम्म १५ हजार पाँच सय भन्दा वढि विद्यार्थीले पठन पाठन गरिसकेको प्रारम्भीक तथ्याङ प्रस्तुत गरिएको थियो ।

Previous Post

गण्डकी मिजार समाजको अध्यक्षमा तेज

Next Post

लेउवा संघमा शेयर बजार सम्बन्धी सचेतना कार्यक्रम

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेउवा संघमा शेयर बजार सम्बन्धी सचेतना कार्यक्रम

लेउवा संघमा शेयर बजार सम्बन्धी सचेतना कार्यक्रम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?