भिमपाणी बराल लेखनाथ, २३ माघ । पोखरा महानगरपालिका वडा नं २६ लाई चैते धानको पकेट क्षेत्रका रुपमा घोषणा गरिने भएको छ ।वडा भित्र सिँचाई सुविधा पुगेको समथर भुभागको करिव १८ सय हेक्टर जमिनमा चैते धान लगाउने सकिने सम्भावना रहेकाले वडा नं २६ लाई चैते धानको पकेट क्षेत्र घोषणा गर्न लागिएको हो ।
सरकारले कृर्षि उत्पादनलाई वढवा दिदै खाद्यन्नमा आत्मनिर्भर हुने निती अगाडी सादै ठाउ विशेषका आधारमा पकेट क्षेत्र घोषण गरिरहेको अवस्थामा वडा नं २६ मा चैते धानको सम्भाव्यता वढि रहेकाले पोखरा महानगरपालिका आर्थीक विकास महासाखा कृषि विकास साखाले सोही अनुसारको कार्ययोजनालाई अगाडी सारेको हो ।
यसैक्रममा कृषि विकास साखाको आयोजनामा सोमवार चैते धान खेतीका वारेमा राखिएको प्राविधी अभिमुखिकरण कार्यक्रममा वोल्दै महासाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाका विभिन्न कृर्षीयोग्य फाँटहरु मध्यमा वडा नं २६ मा विजयपुर सिंचाई प्रणालीको पानी र यहाँको वातावरण एवंम भौगोलिक आधारले यस क्षेत्रमा चैते धानको राम्रो उत्पादन हुने भएकाले ५० प्रतिशत अनुदानमा किसानसँगको साझेदारीमा चैते धान उत्पादनलाई प्रथामिकता दिएको वताएका छन् ।
हाम्रोमा बर्खो धान मात्र लगाउने प्रचलन भएकाले नेपालीको मुख्य खाद्य वस्तु धान समेत विदेशबाट आयत गर्नु पर्ने वाध्यात्मक अवस्थालाई कमि गर्नेका लागि एक वर्षमा दुई वटा धानको उत्पान लिन सकिने भएकाले यसलाई कसरी प्रविधिमैत्री र ब्यवसायीक वनाउन सकिन्छ भन्ने उदेस्यले चैतेको धानको विउ देखि उत्पान लागतमा पनि ५० प्रतिशत अनुदानको ब्यवस्था गरिएको प्रमुख कडेरीयाको भनाई रहेको छ ।
कार्यक्रममा पोखरा महनगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले वडालाई जसरी चैते धानको पकेट क्षेत्र वनाए जस्तै तरकारी र पशुपालनको क्षेत्रलाई पनि वढवा दिदै कृर्षिलाई ब्यवसायीककरण गर्ने योजना रहेको बताउदै गत वर्ष एक हजार छ सय केजी चैते धानको विउ वितरण गरिएकोमा यो वर्ष करिव तीन हजार केजी भन्दा वढि विउको माग आएकाले किसानहरुमा चैते धान उत्पादन तर्फ आकर्षण बढेको जानकारी गराएका थिए ।
वडा स्तरिय कृर्षि सञ्जाल पोखरा २६ का अध्यक्ष केशवराज ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लक्ष्मी भटराई, कृर्षि सेवा केन्द्र पोखरा २६ मा प्रमुख रामचन्द्र पौडेल, सञ्जालका सचिव ईश्वरराज भण्डारी,सदस्य विश्वप्रकाश वराल र कृषकको तर्फबाट सिला भण्डारीले परम्परा कृर्षी प्रणाली भन्दा फरक शैली र प्रविधिको प्रयोग गरि थोरै जग्गाबाट पनि धेरै उत्पान गर्न सकिने बताएका थिए ।
यस क्षेत्रका लागि चैते –५ धानको विउ सिफारिस गरिएको छ भने एक रोपनी खेतको लागि करिव २.५ केजी धानको विउ भए पुग्ने र त्यसका लागि महासाखाले विउमा ५० प्रतिशत र प्रतिरोपनी नौ सयका दरले अनुदान दिने ब्यवस्था समेत मिलाएको छ ।
Discussion about this post