• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै

Lekhnath Khabar by Lekhnath Khabar
February 5, 2024
in खेलकुद, समाचार
0
0
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

माघ २२ पोखरा

आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् ।

नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणका लागि रोटरीले पुर्ण रुपमा सहयोग गर्ने भएको हो । सोमबार पोखरामा आयोजित रोटरीहर सँगको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका रोटरीयनहरुले आर्थिक देखि भौतिक रुपमै उपस्थित भएर म्याराथनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । रोटरी डिस्ट्रिक्ट ३२९२ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहप्रायोजक समेत हो ।

सो अवसरमा बोल्दै डिस्ट्रिक्ट गर्भनर ३२९२ नोमिनी विनोद कोइरालाले म्याराथनलाई सफल बनाउन रोटरी डिस्ट्रीक देखि रोटरी क्लबहरुको समेत उल्लेख्य सहभागिता रहने बताएका छन् । उनले प्रतियोगिता अन्तर्गत ह्विलचियर र दृष्टिविहिन दौडका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रोटरीयनहरुले सफल पोखरा म्याराथनको ‘रनफर फन’मा समेत भाग लिएर उत्साह थप्ने जनाउँदै पोखरामा हुने रोटरीयनहरुको सम्मेलनलाई समेत म्याराथनकै अवसर छोपेर सँगैको मितिमा गरेको उनले बताए । उनले भने–“दौडनु स्वास्थ्यका लागि समेत् उत्तिकै अपरिहार्य छ । त्यसैले पनि रोटरीले देशव्यापी रुपमा म्याराथनका प्रतियोगिता आयोजना गर्दैछ । यो स्वास्थ्यलाई सवल बनाउनृ अभियानमा सबै रोटरीयनहरु जोडिनेछन् ।” फागनु ५ गते पोखरा आउने देशभरीका रोटरीयनहरु समेत म्याराथनमा सहभागि हुने जनाउँदै उनले रोटरी क्लबहरुलाई स्वयमसेवकको रुपमा काम गर्नका लागि आह्वान समेत गरे ।

रोटीरीका एसिस्टेन्ट गर्भनर जयराम पौडेलले आफु आबद्ध रोटरीसँग अन्य संघलाई समेत म्याराथनसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे । अर्का एसिस्टेन्ट गर्भनर इश्वर कर्माचार्यले रोटरी क्लबका लागि आवश्यक पर्ने टिसर्टको लागि सहयोग गर्ने सुनाए । उनले म्याराथनसँग जोडिदै टिसर्टको खर्च रोटरीले गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै रोटरियन किशान सुनारले प्राविधिक रुपमा क्यामेरा र ड्रोन उडाएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा म्याराथन आयोजक संस्थाका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथन म्याराथनको आधिकारीक निकायसँग जोडिदै अन्तर्राष्ट्रिय जगतमा पुगिरहँदा रोटरीसँगको सहकार्यले त्यसलाई थप आकर्षित गरेको बताए । रोटरी मार्फत जाँदा समेत अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान हुने उनले सुनाए ।

निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनसँग रोटरी आगामी तीन वर्षका लागि सुरुमा जोडिएको बताए । म्याराथनको बारेमा प्रस्तुति दिदैँ गुरुङले म्याराथनमा ठूलो मात्रामा रोटरीयनहरुको सहभागिता हुनेमा आशावादी रहेको उनको भनाई छ  ।

मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मातृभूमिका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गरिरहँदा खेलाडीहरुको संस्थासँग जोडिएर पुनः अर्को योगदान गरेकोमा खुसी व्यक्त गरे । उनले सबैले राष्ट्रको विकासका लागि काम गरिरहँदा खेलकुदमा समेत जोडिनु सुखद् पक्ष रहेको सुनाए । पोखरा म्याराथन गुणस्तरमा अघि बढिरहँदा आउने चुनौतीहरुमा रोटरीको साथले राहत मिलेको बताए ।

Previous Post

माओत्से गुरुङको चलचित्र ‘दयारानी’ को प्रिमियर सो पोखरामा

Next Post

दोस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला २०८० फागुन १ र २ गते हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
दोस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला २०८० फागुन १ र २ गते हुने

दोस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला २०८० फागुन १ र २ गते हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?