• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

दोस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला २०८० फागुन १ र २ गते हुने

Ramsharan Nepali by Ramsharan Nepali
February 6, 2024
in समाचार, स्थानीय
0
0
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, माघ २१ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार पाखुरीकोट र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा अगामी फागुन १ देखि २ गतेसम्म दोस्रो संस्करणको सोंथर बेँसी टारी बजार कृषि , पर्यटन , संस्कृति तथा खेलकुद मेला हुने भएको छ ।

सोंथर बेँसी तथा त्यस आसपास क्षेत्रको प्रवर्धन, कृषि र पर्यटन भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला आयोजना गर्न लागेको हो ।

मेलामा खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला 5A साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, खुल्ला पुरुष रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामुहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समुह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृस्न चलित्र नाच, चर्चित लोकदोहोरी तथा अन्य गायक गायिकाहरुको प्रस्तुती, भजन, पन्चेबाजा लगायत प्रस्तुती रहनेछन् । त्यस्तै कृषि कार्यक्रमहरु तर्फ सोंथर बेँसी तथा सो आसपास गाउँहरुमा उत्पादित कृषि वस्तु तथा पशु चौपाय हरुको प्रदर्शन, साटासाट र बिक्री समेत गरिने छ । शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागी खुल्ला पढाइ प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागी सोंथर बेँसी लम्तरी पर्यटन प्रवर्धन शिर्सकमा वक्तित्वकला प्रतियोगिता राखिएको छ ।

मेला सफल पार्न समितिका अध्यक्ष एवम् मादी ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङको संयोजकत्वमा मेला सन्चालन मुल आयोजक समिति, जेस्ट आजीवन सदस्य सिताराम गुरुङको संयोजकत्वमा सल्लाहकार समिति साथै विभिन्न १७ उपसमितिहरु गठन गरिएको छ ।

समितिका उपाध्यक्ष आस बहादुर गुरुङको संयोजकत्व तथा आजीवन सदस्य बेद बहादुर गुरुङ, केस बहादुर गुरुङको सहसंयोजकत्वमा अर्थ संकलन उपसमिति , समितिका कोषाध्यक्ष रमा क्षेत्रीको संयोजकत्व तथा दीपकजंग गुरुङ, पिटर गुरुङ, रन्जन गुरुङको सहसंयोजकत्वमा प्रचार उपसमिति,
दिब्यशक्ती गुरुङको संयोजकत्व तथा सुजन गुरुङको सहसंयोजकत्वमा फूटबल प्रतियोगिता सन्चालन उपसमिति, आजीवन सदस्य प्रतिश गुरुङको संयोजकत्व तथा डीगम गुरुङको सहसंयोजकत्वमा छेलो फाल्ने प्रतियोगिता सन्चालन उपसमिति, आजीवन सदस्य हरि गिरिको संयोजकत्व तथा कार्यकारी सदस्य आस बहादुर थापाको सहसंयोजकत्वमा रसी तान्ने प्रतियोगिता सन्चालन उपसमिति, समितिका कार्यकारी सदस्य तथा आजीवन सदस्य नन्दलाल अधिकारीको संयोजकत्वमा कृषि वस्तु तथा पशु चौपाय प्रदर्शन, साटासाट, बिक्री उपसमिति, आजीवन सदस्य गुन्जमान गुरुङको संयोजकत्वमा गोरु जुधाइ प्रतियोगिता सन्चालन उपसमिति, समितिका सचिव डील्लीराज गिरिको संयोजकत्व तथा उपाध्यक्ष दिर्गमान गुरुङको सहसंयोजकत्वमा खुल्ला सामुहिक नृत्य प्रतियोगिता तथा सांस्कृतिक नाच प्रदर्शन सन्चालन उपसमिति, समितिका कार्यकारी सदस्य एवम् सोंथर बेँसी कृषक समुहका अध्यक्ष इन्द्र गिरिको सयोजकत्वमा कृषि सम्बन्धि संघ संस्था समन्वय उपसमिति, समितिका कार्यकारी तथा आजीवन सदस्य राज घलेको संयोजकत्व तथा गोपाल गुरुङ्को सहसंयोजकत्वमा युवा परिचालन समन्वय उपसमिति , समितिका सहकोषाध्यक्ष सुर्य प्रसाद अधिकारीको संयोजकत्व तथा सहसचिव राजेन्द्र अधिकारीको सहसंयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति, आजीवन सदस्य एवम् सेवामिलन आविका प्र अ इन्द्र प्रसाद सुवेदीको संयोजकत्व तथा प्रभात आविका शिक्षक गन्जमान गुरुङको सहसंयोजकत्वमा शैक्षिक कार्यक्रम सन्चालन उपसमिति, आजीवन सदस्य आशपुर गुरुङको संयोजकत्वमा भाचोक पोखरा समन्वय उपसमिति, आजीवन सदस्य राजकुमार गुरुङको संयोजकत्वमा नागीधार पोखरा समन्वय उपसमिति, केश बहादुर गुरुङको संयोजकत्वमा पाखुरीकोट पोखरा समन्वय उपसमिति, मादी १० का वडा अध्यक्ष कृस्न बहादुर गुरुङको संयोजकत्वमा १० नम्बर वडा परिचालन समन्वय उपसमिति, मादी ८ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङको संयोजकत्वमा ८ नम्बर वडा परिचालन समन्वय उपसमिति, आजीवन सदस्य एवम् भाचोक टोल विकास संस्थाका संयोजक नर बहादुर गुरुङको संयोजकत्व तथा छलबहादुर क्षेत्रीको सहसंयोजकत्वमा भाचोक टोल समन्वय उपसमिति, नागीधार टोल विकास संस्थाका संयोजक होम बहादुर गुरुङको संयोजकत्वमा नागीधार टोल समन्वय उपसमिति, पाखुरीकोट टोल विकास संस्थाका संयोजक चन्द्र बहादुर सुवेदीको संयोजकत्वमा पाखुरीकोट टोल समन्वय उपसमिति, संसराम थापाको संयोजकत्वमा लुम्दी टोल समन्वय उपसमिति, आजीवन सदस्य इमनाथ अधिकारीको संयोजकत्वमा सोंथर बेँसी टोल समन्वय उपसमिति, त्यस्तै कोपिला अधिकारीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको प्रचार उपसमितिकी संयोजक रमा क्षेत्रीले
जानकारी दिइन् ।

मेलामा विविध खेलकुद, शैक्षिक तथा सांस्कृतिक कार्यक्रम हरु संगै विशेष गरी त्यस क्षेत्रको कृषि र पर्यटन प्रवर्धन गराउने उदेश्य रहेको अध्यक्ष ओम प्रकाश गुरुङ्ले बताए ।
मेला सन्चालनका लागी अनुमानित ५ लाख खर्च लाग्ने समितिका उपाध्यक्ष एवम् अर्थ संकलन उपसमिति संयोजक आस बहादुर गुरुङ्ले बताए ।

३५ वर्ष अघि त्यस भेककै प्रख्यात रुपमा रहेको सो मेला विविध कारण स्थगित भएपछि गत २०७९ सालबाट थप परिस्कृत गर्दै शुरुवात गरिएको छ । गत साल दर्शकहरुको उत्साहजनक सहभागिता विच ३ दिन सम्म मेला चलेको थियो ।

Previous Post

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै

Next Post

स्मार्ट बन्दै पोखरा १३, गुगल प्लस र क्युआरको सहयोगले वडा घुम्न सकिने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
स्मार्ट बन्दै पोखरा १३, गुगल प्लस र क्युआरको सहयोगले वडा घुम्न सकिने

स्मार्ट बन्दै पोखरा १३, गुगल प्लस र क्युआरको सहयोगले वडा घुम्न सकिने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?