पोखरा। विभागीय त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फेरि फाइनल प्रवेश छ । २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको बिहीबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । यसअघि ४ पल्ट फाइनल पुगेर पनि उपाधिबाट वञ्चित आर्मीले शनिबार थ्रिस्टारको सामना गर्नेछ ।
बिहीबार निर्धारित ९० मिनेटको खेलमा पछिल्लो ५ मिनेट सम्हालिन नसक्दा आर्मीले जितका लागि अतिरिक्त समय कुर्नुपरेको थियो । ६१ औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले आर्मीका लागि गोलको खाता खोलेका थिए । दोस्रो गोल रासबहादुर मगरले ९९ औं मिनेटमा गर्न सके ।
त्यसअघि, ८५ औं मिनेटमा समीर तामाङको गोल मद्दतबाट चर्च ब्वाइज बराबरीमा फर्किएको थियो ।
आर्मीले २०६० सालदेखि जारी संस्करणसम्म १५ औं पटक आहारारा खेलिसकेको छ ।
Discussion about this post