लेखनाथ, २६ पुस ।
पोखरा मानगरपालिका वडा नं.२६ सक्नेरीमा बेमौसमी खेती सम्बन्धी १ दिने घुम्ती तालिम बुधबार सम्पन्न भएको छ । गण्डकी मिजार समाज एवं धादिङ पोखरा क्षेत्र नं. २ लेखनाथ कल्याणकारी समाजको पहलमा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजना र वडा नं. २६ को कार्यालय तथा कृषि सञ्जालको समन्वयमा तालिमको आयोजना गरिएको हो ।
तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका वडा सदस्य तिर्थ बहादुर राजभाटले तालिममा सिकेका कुरालाई लागु गर्दै निरन्तरता दिन आग्रह गर्दै अर्गानिक उत्पादन गर्न सके स्वास्थ्यलाई फाईदा हुनुका साथै पैसाको समेत बचत हुने वताएका थिए ।
यस्तै कृषि महाशाखाका वरिष्ठ कृषि विकास अधिकृत मनोहर कडरियाले कृषि पेशामा कम लागत र छोटो अवधीमा लाभ लिन सकिने भएकाले तालिममा सिकेका सिप र ज्ञानलाई व्यवहारमा उर्तान आग्रह गरेका थिए । उनले सहभागि कृषकहरुलाई कृषक समुह दता गर्न र समुहगत रुपमा आएको खण्डमा कृषि उत्पादनको वजार व्यवस्थापनको लागी एवं विभिन्न प्राविधिक सहयोग महानगरपालिकाले गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कृषि सञ्जाल पोखरा–२६ का संयोजक केशव ढुंगानाले तालिमको माध्यमबाट कृषकहरुले लाभ लिन सक्नुपर्ने वताएका थिए । तालिमकी प्रशिक्षक कृषि प्राविधिक जिवन सुवेदीले सहभागीहरु अधिकांश व्यवसायीक कृषिमा संलग्न नभएपनि सामुदायीक खेतीतर्फ लाग्न सुझाव दिएकी थिईन ।
धादिङ पोखरा क्षेत्र नं. २ लेखनाथ कल्याणकारी समाजका अध्यक्ष बुद्धराज बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव मिस्टर नेपालीले गरेका थिए ।
Discussion about this post