जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको एकल इजलासले सन्दीपलाई बलात्कार मुद्दामा बुधबार ८ वर्षको कैद सजाय तोकेको हो।
यसैगरी लामिछानेले पीडित गौशाला २६ लाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने छ। साथै लामिछानेले तीन लाख रुपैयाँ जरिबाना तिर्नुपर्ने फैसलासमेत अदालतले गरेको छ।
पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई बुधबार सजाय तोकिएको हो। उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरिएको थियो। लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ। अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ।
Discussion about this post