पौष २५, लेखनाथ –
कास्कीको पूर्वी भागको अग्रणी शैक्षिक संस्था गोगन माध्यमिक विद्यालयले बुधवार विविध कार्यक्रमका साथ ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अबको युग विज्ञान र प्रविधिको भएकोले सामुदायिक विद्यालयहरुले पनि समयानुकूल परिवर्तित गर्दै जानु पर्नेमा जोड दिएका छन्। सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा निकाल्न सफल यस नमुना विद्यालयलाई आगामी दिन हरुमा महानगरको सहयोग रहने प्रतिबद्धता जनाएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्की, पोखरा शिक्षा महाशाखाका वरिष्ठ अधिकृत वद्री सुवेदीले समेत शुभकामना व्यक्त गरेका थिए।
विद्यालयमा स्थापित चन्द्ररत्न, वादल स्मृति, स्व. कविराम, त्रिलोचन सिता एवं स्व. कृष्ण द्धा स्मृति अक्षयकोषको पुरस्कारवाट सम्मानित हुने शिक्षकहरुमा सर्वेन्द्र अधिकारी, सुनिता श्रेष्ठ, प्रकाश न्यौपाने, रन्जु शाही, अन्जु कार्की पुन, ज्ञानु श्रेष्ठ लाई प्रदान गरिएको थियो
विभिन्न शिक्षक कर्मचारी एवं विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक मोहनराज वरालले विद्यालयको समग्र आय ब्यय, एवं आगामी कार्ययोजना प्रस्तुत गरेका थिए।विविध सांस्कृतिक कार्यक्रमका साथ शुरु कार्यक्रमको संचालन शिक्षक विनोद भण्डारी र गिता थापाले गरेका थिए भने अभिभावक संघका अध्यक्ष सञ्जय गुरुङले समापन गरेका थिए।
Photo Source: Elisha KC
Discussion about this post