• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

१२ औं पोखरा महोत्सवकाे तयारी पूरा

Lekhnath Khabar by Lekhnath Khabar
January 10, 2024
in अर्थ खबर, समाचार
0
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । युनाइटेड क्लब आयोजनामा बिहीबारदेखि हुने १२ औं पोखरा महोत्सवको तयारी पूरा भएको छ । महोत्सवस्थल अमरसिंहचौरमा आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष राजु श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाए ।

पुस २६ देखि ८ माघसम्म हुने यो महोत्सवमा करिब २ सय ३० स्टल रहनेछन् । महोत्सवमार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गर्दै आएको क्लबले यसपालि बचत रकम लेखनाथको अर्चले स्थित आफ्नो ४ रोपनी १४ आना जग्गामा विपन्न विद्यार्थीका लागि आवासीय छात्राबास निर्माण र सेती नदी एक पर्यटकीय गन्तव्य निर्माणका लागि रकम छुट्याउने संयोजक श्रेष्ठले बताए ।

१२ दिनसम्म चल्ने महोत्सवको साढे २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवको उद्देश्य कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितिर पुर्‍याउने, सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्‍याउने, प्रदेशका पर्यटकीयस्थल एवं उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सबै कलाकारको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत विकासमा टेवा पुर्‍याउने र उद्योगको प्रवद्र्धन गर्ने रहेको जनाइएको छ ।

महोत्सवमा विभिन्न जाति÷जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, व्यावसायिक संघसंस्थाको सेवाबारे जानकारी, उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री, पर्यटन प्रवद्र्धनका सामग्री प्रदर्शनी एवं जानकारी दिइनेछ ।

हिमाली भेगमा पाइने याक महोत्सवमा प्रदर्शनीका लागि ल्याइनेछ । सांगीतिक कार्यक्रममा बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रीति आले, ज्योति मगर, प्रकाश दुतराज, शान्तिश्री परियार, श्याम राना, समीक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, राजु परियार, सिम्रन परियार लगायत कलारको प्रस्तुति रहनेछ। कन्सर्टमा मन्त्र, लाहुरे, सविन राई एन्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीवव, माइला, श्री ३, रक हेड्ससँगै लोकल ब्यान्डको प्रस्तुति रहने छ ।

हांस्यव्यंग्य प्रस्तुति, नेपाली संस्कृति झल्कने प्रस्तुति, बालउद्यान, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहने क्लब महासचिव तथा प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए । क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा महोत्सव सचिवालय व्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापाले स्वागत र महासचिव सुनारले सञ्चालन गरेका थिए।

Previous Post

एकद्वार प्रणालि हटेपछि प्याराग्लाइडिङ शुल्क मात्र ३ हजार

Next Post

गोगन मावि को ५६ औं वार्षिकोत्सव सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
गोगन मावि को ५६ औं वार्षिकोत्सव सम्पन्न

गोगन मावि को ५६ औं वार्षिकोत्सव सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?