एकद्वार प्रणालि हटेपछि पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडानको शुल्क १२ हजार रुपैयाँ बाट ह्वात्तै घटेर मात्र ३ हजार भएको छ।
प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) र पाइलटबीच विवादका कारण झन्डै दुइसातासम्म उडान अवरुद्ध भएको थियो।
खुला बजार नीति अनुसार व्यावसायीले आफै मूल्य तोकेर उडान गर्न पाउने गरि सहमति भएपछि उडान खुला गरेको हो ।
पोखराको आकाशमा अहिले उडान गर्दा बढीमा ४ हजार रुपैयाँ सम्म लिएको व्यावसायीले बताएका छन्। यात्रु तान्ने होडमा कतिपयले ३ हजार रुपैयाँसम्ममा पनि उडान गरिरहेको व्यावसायीले नै बताएका छन्।
Discussion about this post