लेखनाथ, १ पुस । पोखरा महानगरपालिका वडा नं.–२८ मा टोल विकास संस्था गठन भएको छ । आईतबार वडाको आरुपाटा स्थीत पाण्डेको चौरमा बसेको भेलाले श्रवण कुमार अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा कल्पना त्रिपाठी, सचिवमा रामशरण नेपाली, सह–सचिवमा डिलु खनाल, कोषाध्यक्षमा गिता त्रिपाठी, सदस्यहरुमा रोशन नेपाली, गम बहादुर गुरुङ, कल्पना त्रिपाठी, देवी पाण्डे, विनिता त्रिपाठी गुरुङ र देवु प्रसाद तिमिल्सीना रहेका छन ।
यस्तै संस्थाको सल्लाहकारहरुमा भोलानाथ त्रिपाठी, शिवचन्द्र पाण्डे, तिलक लामा, पुष्पराज त्रिपाठी र मञ्जुदेवी गुरुङलाई चयन गरिएको छ ।
Discussion about this post