२०७९ को स्थानिय निर्वाचनमा गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित भएका धनराज आचार्यले चुवान ताका बेगनासलाई लेकसाइड २ को अवधारणामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। चुनाव जितेर गएको डेढ बर्ष बिति सक्दा पनि मेयर आचार्य लाई आफुले बोलेको कुरा आफैले बिर्सेका हुन् कि कुनै कानुनी अफ़्टेरो परेको हो स्थानिय हरुले जनगुनासो गरेका छन्।
चुनावी प्रचारप्रसारका क्रममा उनले पोखरा भन्नेबित्तिकै फेवातालमात्रै चिनिदै आएको र अब पोखरा भन्ने बित्तिकै फेवातालको सहर मात्र नभई वेगनास ताल, रुपातालको सहर पनि बनाउने बताएका थिए।
‘पोखरा भन्ने बित्तिकै फेवाताललाई मात्र सम्झने गरिरहँदा वेगनास भने छायाँमा परिरहेको मेयर आचार्य आफै जानकार भए पनि चुनावी समयमा बोलेको कुरा बिर्सेका त् हैनन् भन्ने स्थानीयहरू को जनचासो बनेको छ।
Discussion about this post