लेखनाथ, १२ मंसिर ।
लक्ष्मी मावि पोखरा–२६ अर्घौंमा मंगलबार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ । पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा नरेन को अध्यक्षतामा गठित व्यवस्थापन समितिको सदस्यहरुमा कर्ण बहादुर जिसी र कमला कार्की जिसी रहेका छन ।
यस्तै मंगलबार नै हरि बहादुर जिसीको अध्यक्षतामा ८ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ । संघ सदस्यहरुमा चित्र बहादुर कामी, तारानाथ पौडेल, शर्मिला पौडेल, गंगा कुमारी सुवेदी बराल, जै बहादुर आले, सुर्य प्रसाद सुवेदी र गंगा नेपाली रहेका छन ।
उक्त अवसरमा विद्यालयबाट २०७७ सालको इसईई परिक्षामा ३.९० जिपिए सहित उर्तिण हुन सफल विद्यार्थी दीपिका शर्माले चिकित्सा शिक्षा आयोगबाट सञ्चालीत प्रवेश परिक्षामा एमबिबिएस तर्फ पुर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएकोमा र २०७९ सालको एसईई परिक्षामा कास्की जिल्लाभित्रका सामुदायीक विद्यालयहरुबाट छात्रातर्फ ३.८५ जिपिए अंकका साथ प्रथम स्थान हासिल गरेकोमा सम्मान तथा बधाई ज्ञापन गरिएको थियो भने स्वयंसेवक शिक्षक धनश्री न्यौपानेलाई स–सम्मान विदाई गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापा नरेनले विद्यालयमा धेरै कुराहरुको आवश्यकता रहेकोमा एकैपटक पुरा गर्न नसकिएपछि प्राथमिकता र औचीत्यको आधारमा क्रमशः पुरा गर्दै लगिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उनले अभिभावकहरुलाई आफ्ना बाबुनानीलाई विद्यालयमा मात्र पठाएर नहुने र उनीहरुको क्रियाकलापलाइृ सुक्ष्म रुपमा निगरानी पनि गर्नुपर्ने वताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा सम्पनन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिवारीले गरेका थिए ।
Discussion about this post