प्राय जसो देउसी भैलो खेलेर उठेको रकम बाट पिकनिक तथा रमाईलो गरेको देखेका छौ। तर पोखरा २७ डाडाकोनाकमा रहेको परमार्थनगर क्लवले देउसी भैलोबाट उठेको रकम बाट आर्थिक सहयोग र न्यानो कपडा बितरण गरेको छ।
पोखरा २७ डाडाकोनाकमा रहेको श्री कृष्ण प्रणामी वृन्दाबनधाम आश्रम र परमार्थनगर क्लवको संयुक्त आयोजनामा सम्पन्न देउसी भैलो कार्यक्रम बाट उठेको रकमबाट श्री कृष्ण प्रणामी वृन्दाबनधाम आश्रमलाई नगद रु ३० हजार रुपैया आर्थिक सहयोग तथा १७ थान न्यानो कपडा बितरण गरेको छ। सो अवसरमा देउसी भैलो कार्यक्रमलाई आर्थिक सहयोग गर्ने दाताहरु तथा कलाकार सदस्य हरुलाई सम्मान समेत गरिएको थियो।
क्लवका अध्यक्ष मनोज गुरुङको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश सांसद तथा निवर्तमान मूख्यमन्त्री खगराज अधिकारीले परमार्थनगर क्लवले नाम जस्तै काम गरेकोमा खुसि व्यक्त गर्दै युवा हरुले मनोरंजन लाई भन्दा पनि सामाजिक कार्यमा गरेको योगदानको कदर समेत गर्नु भयो।
कार्यक्रममा पोखरा १३ का निवर्तमान वडाध्यक्ष दर्शन लामा, नेकपा एमाले पोखरा २७ का अध्यक्ष सुर्यमणि लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा समाजसेवी चतुराखर अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्र राज सुवेदी राजु, समाजसेवी कृष्ण राज पौडेल लगायतले क्लवले गरेको सामाजिक कार्यको खुलेर प्रशंशा गरेका थिए।
क्लवका उपाध्यक्ष बिजय बस्ताकोटीले स्वागत मन्तव्य, क्लवका सह सचिव किरण लामाले धन्यबाद ज्ञापन तथा सचिव आदर्श लामिछानेले कार्यक्रम संचालन गरेका हुन्।
Discussion about this post