लेखनाथ, ९ मंसिर । गाैतम ऋषि वचत तथा ऋण सहकारी संस्थाकाे ११ औं साधारणसभा शनिबार सम्पन्न भएकाे छ । साधारण सभाकाे उद्घाटन गर्दै पाेखरा महानगरपालिका सहकारी विभागका अध्यक्ष रविरमण तिवारीले सहकारीकाे सिद्धान्त अनुरुप नचलेका केही सहकारीहरुमा समस्या आएको र कारबाहीमा समेत परेको बताउंदै नीति अनुरुप चलिरहेका सहकारीहरु आत्तिनु पर्ने अवस्था नरहेको बताएका थिए ।
उनलेे सहकारी का सदस्यहरुले सहकारीको गतिबिधी प्रती पनि चासो राख्नुपर्ने र नियमीत बचत लाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।
यस्तै पाेखरा महानगरपालिका वडा नं ३० का वडा सदस्य विनाेद लामिछानेले सहकारीमा संकट आउनुमा शेयर सदस्यहरु पनि जिम्मेवार हुने वताउंदै शेयर सदस्यहरुले आफ्नो कर्तव्य को पालना गर्दै अधिकारको उपयोग गर्नुपर्ने बताएका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनाेद श्रेष्ठले सहकारीहरुले आफ्नो मुल्य र मान्यता अनुरुप चल्दै सामाजिक कार्यहरुमा पनि जोडिनुपर्ने बताउँदै यहि पुष ५ गतेदेखी शुरु हुन गईरहेकाे १९ औं लेखनाथ महाेत्सवलाई सफल पार्न सम्पुर्णमा आग्रह गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक तालचाेक शाखाकी प्रमुख पुर्णिमा पाठक, लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्ण अधिकारी, चक्रदेवी सहकारी संस्था लिं का अध्यक्ष ऋषिराम जमरकट्टेल, सल्लाहकारहरुकाे तर्फबाट हरिप्रसाद त्रिपाठी, शेयर सदस्यहरुकाे तर्फबाट भाेलानाथ त्रिपाठी लगायतले बाेलेका थिए ।
उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, जेष्ठ शेयर सदस्य रामकृष्ण त्रिपाठी र गत वर्षकाे प्लस टु काे परिक्षामा उत्रिण हुन सफल शेयर सदस्यका छाेरा छाेरीहरुकाे तर्फबाट विद्यार्थी विप्रश पाण्डेलाई दाेसल्ला ओढाएर सम्मान गरिएको थियाे ।
संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन सचिव भुवनेश्वर त्रिपाठीले र धन्यवाद ज्ञापन उपाध्यक्ष रामकृष्ण त्रिपाठीले गरेका थिए ।
Discussion about this post