पोखरा ३१ नहरचोक देखि वेगनासताल बसपार्क सम्म ज्यान नै जाने खाल्डो बन्दा दर्जनौ सवारी हरु दुर्घटनाको शिकार बने।
स्थानिय युवा हरुले पोखरा ३१ वडा कार्यालय लाई पटक पटक उक्त खाल्डो पुरिदिन अनुरोध गर्दा समेत वडाले बेवास्ता गरेपछि स्थानिय युवा निनेन लालचनको नेतृत्वमा शुक्रबार उक्त सडकको खाल्डो पुरेर ढलान गरेका छन्। लालचनको नेतृत्वमा स्थानिय युवा हरु मिलेर आफै गिट्टी बालुवा र सिमेन्ट मिलाएर उक्त ढलान गरेका हुन्।
पोखरा ३१ स्थित नहरचोक र बसपार्क नजिकै रहेका खाल्डाहरु पुर्ने काम वडा कार्यालयले गर्नुपर्ने भए पनि वडाले बेवास्ता गर्दा बेगनास आउने आन्तरिक तथा बाह्य पर्यटक हरुले सास्ती खेप्नु परेको थियो। पर्यटकीय गन्तव्य वेगनासताल जानको लागि ताल चोक देखि वेगनास ताल सम्म बाटो निर्माणको क्रममा रहेको छ।
तस्विर : कमल लामिछाने
Discussion about this post