• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघको करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम

Ramsharan Nepali by Ramsharan Nepali
November 21, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, ५ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराले राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० अवसरमा लेखनाथ उद्योग वाणिज्य संघ सँगको सहकार्यमा व्यवसायीहरुका लागी करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम मंगलबार लेखनाथमा सम्पन्न गरेको छ ।

उद्योगी तथा व्यवसायीहरुलाई करको दायरामा ल्याउन, करदाता र सरकारी निकायबीचको दुरी कम गर्ने र करदाताहरुलाई कर सम्बन्धी नयाँ निती तथा कर तिरेवापत राज्यले दिने सुबिधाको बारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनको बारेमा करदातालाई सुसूचित गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको वताए ।

व्यवसायमैत्री निति निर्माणका विषयमा आफुले समबन्धीत निकायसम्म पृष्ठपोषण दिने र व्यवसायीहरुलाई सहज र सरल हुने गरी सेवा सुविधा प्रदान गर्ने शर्माले प्रतिवद्धता व्यक्त गरेका थिए । उनले अर्थतन्त्रको शिथिलताका कारण कर संकलनमा चुनौती थपिएको वताउँदै चुनौतीका बाबजुद पनि कार्यलयले लक्ष्य अनुरुपको कर संकलन गर्न सफल भएको वताएका थिए ।

उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष क्षत्रधर आत्रेयले स्थानिय तहबाट बनाईएका नितिहरु व्यवसायीमैत्री हुन नसकेको, एकद्धार कर प्रणाली हुनुपर्नेमा झनै बहुद्धार प्रणाली जस्तो अनुभुती भएका कारण करनितिमा परिमार्जन गर्नुपर्ने अवस्था रहेको र यसका लागी संघ समन्वय गर्न तयार रहेको वताएका थिए ।

यस्तै संघका बरिष्ठ सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठीले हिंड्ने गोरुको पुच्छर निमोठ्ने भनेजस्तै करको दायरमा आएका व्यवसायीलाई राज्यले झनै करमाथी कर थोर्पर्ने गरेको वताउँदै सबैलाई करको दायरामा ल्याउनुपर्ने र एकै ठाउँबाट कर तिर्ने वातावरण मिलाउनुपर्ने वताएका थिए ।

पुर्व अध्यक्ष बलराम ढकालले कर दिवस मनाउने कार्यले कर नितिमा परिवर्तन एवं सुधार भई करमैत्री वातावरण बनेको वताउँदै अझै व्यवसाय गर्ने, बिल बिजक जारी गर्ने पद्धती सिकाउनुपर्ने र यसबाट समाजमा पनि परिवर्तन आउनुपर्ने वताएका थिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८० मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमका साथ मनाइने छ भने राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन कार्यक्रम अन्तर्गत मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको आन्तरिक राजस्व कार्यालय पोखराका कार्यालय प्रमुख शर्माले बताए ।

Previous Post

हाम्रो गौरव सहकारीको सम्पती ६९ करोड

Next Post

यस वर्षको बिश्व माछा दिवश रुपातालमा मनाइयो

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
यस वर्षको बिश्व माछा दिवश रुपातालमा मनाइयो

यस वर्षको बिश्व माछा दिवश रुपातालमा मनाइयो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?