लेखनाथ,३ मंसिर । हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–३० को कुल सम्पती ६९ करोड १४ लाख ४६ हजार पाँच सय ६६ पुगेको छ ।
स्थापना काल देखि नै सहकारीको क्षेत्रमा उच्च स्थानमा रहेको सहकारीले पछिल्लो समय विभिन्न सहकारीहरुसँग एकिकरण गरि आफनो पुँजी बृद्ध गर्न सफल भएको आईतवार सम्पन्न १६ औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनमा जानकारी दिईएको हो ।
सस्थामा रहेका दुई हजार ४८ सेयर सदस्यहरुबाट छ करोड २०लाख २४ हजार एक सय सेयर पुँजी बनाउन सफल सस्थाले गत आर्थीक वर्ष २०७९÷८० मा आर्थीक कारोवारका आधारमा एक करोड ७६ लाख १० हजार खुद मुनाफा निकाल्न सफल भएको सस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश ढुंगानाले जानकारी गराएका थिए ।
यसैबिच कार्यक्रमको उद्घाटन गर्दै भुमी ब्यवस्थापन कृर्षि तथा सहकारी मन्त्रालय सहकारी महाशाखा गण्डकी प्रदेशकी निमित्त प्रमुख ईश्वरी ढकालले देशको आर्थिक विकासमा सहकारीको महत्वपुर्ण योगदान रहेको वताउँदै संस्थाले आगामी दिनमा उत्पादन र रोजगारमुलक व्यवसयलाई प्राथमिकतामा राख्नु पर्ने स्ुझाव राखेकी थिईन ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदी,पुर्व वडाअध्यक्ष श्रीराम पोखरेल,सस्थाका पुर्व अध्यक्ष प्र्रेम प्रसाद शर्मा लगाएतले सहकारीको मुल्य र मान्यता अनुसार चल्न नसक्दा सस्थामा धक्का पर्ने भएकाले विशेष गरि सेयर सदस्यहरुले सस्थाका गतिविधीका वारेमा निग्रानी दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सचिव चन्द्रकान्त देवकोटाले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष राधा सापकोटाले आर्थिक प्रगती प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिका संयोजक गविन्द्र अधिकारीले लेखा प्रतिवेदन,ऋण उप समितिका संयोजक बलराम अधिकारी र शिक्षा उप समितिकी संयोजक तेज कुमारी शाहीले आ आफनो प्रतिवेदन पेश गरेका थिए ।
संस्थाका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मी ढकालले स्वागत मन्तब्य राखेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश ढुगानाले सस्थाका वास्तविक अवस्था र आगामी दिनमा गरिने कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।
यसैविच सोही भेलाले तत्काल अधिवेशन गर्ने वा नगर्ने बारेमा निर्णय गर्नका लागि मुत्तिनाथ सापकोटा,रामचन्द्र भण्डारी र राजेश्वर शर्मा सदस्य रहेको निर्वाचन समिती चयन गरेको छ ।
Discussion about this post