लेखनाथ, ३ मंसिर । लेखनाथ नेवाः खल र लेखनाथ मिस पुचको आब्हान र श्री भिमसेन नेवा खलःआँपु भन्ज्यांग लामगादीको आयोजनामा पोखरा ३३ मा नेपाल सम्वत ११४४ मनाइएको छ ।
नेवारी समुदायको भेष भुषा,भाषा र सस्कृतीको संरक्षण गर्ने उदेस्यले हरेक वर्ष विभिन्न ठाउमा मनाइदै आएको नेपाल सम्वतलाई यो वर्ष साविक लेखनाथ नगर क्षेत्र भित्र रहेका १० वटा ईकाईहरुको सक्रिय सहभागीतामा मनाईएको हो ।
नेपालको मौलीको सस्कृतीको रुपमा रहेको नेपाल सम्वत कार्तीक २८ गते परेपनि शुभ दिपावलीको अवसर पारेर साताब्यापी मनाउने प्राचिन चलन चल्ती अनुसार यस वर्षको नेपाल सम्वत ११४४ को आयोजना पोखरा ३३ को श्री भिमसेन नेवा खलःले गरेको इकाईका अध्यक्ष लिल बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
लेखनाथ नगर क्षेत्र भित्र रहेका बिभिन्न ९ वटा ईकाईहरुको सहभागीतामा पालैपालो मनाउदै आएको नेपाल सम्वतलाई नेवारी समुदायको भेष भेषा र सस्कृती झल्कने गरि आँपुझञ्जा® देखि लामगादीसम्म झाकी ¥याली सहितको नेपाल सम्वत न्यू दया भिन्तुना मनाईएको ईकाईका सह सचिव बलवहादुर श्रेष्ठले जानकारी गराएका छन् ।
लेखनाथ नेवाः खलका कार्यवाहक अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे र नेवा मिस पुच कास्कीकी अध्यक्ष संगिता बज्राचार्यले विशेष गरि नेवारी सस्कृतीका वारेका युवा पुस्ताले जानकारी लिनु पर्ने सुझाव राखेका थिए।
Discussion about this post