स्मीता अधिकारी
पोखरा, मंसिर ६
नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्र्तगत मत्स्य अनुसन्धान केन्द्र पोखरा ले विश्व माछा दिवश को अवसरमा मंगलबार रुपातालमा रैथाने माछा तथा जैविक विविधता संरक्षण अभियान संचालन गर्यो । यसका लागि स्थानीय रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारी संस्थासँग को सहकार्यमा रुपाताल माछा विक्रि केन्द्रमा स्थनीयसँग छलफल तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रमको पुर्वसन्ध्यामा स्थानीय हरु सातमुहाने देखि खोलाछेउ हुँदै रुपातालसम्म र्याली समेत गरिएको थियो। उक्त र्यालीमा सहभागी स्थनीयहरुले ताल तथा सिमसार संरक्षण, रैथाने माछा बचाउ, माछा मार्न विषादी प्रयोग प्रतिवन्द लगाएतका प्लेकार्ड सहित सचेतनामुलक नारा लगाएका थिए ।
र्यालीपछि आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा रुपा गाउँपालिका प्रमुख नवराज ओझाले रुपाताल जैविक विविधताले भरिपुर्ण क्षेत्र भएको हुँदा यसको संरक्षणमा कुनै कसर बाँकी छोड्न नहुने बताए । यससँगसँगै रुपातालको पानी सिचाइका लागि पनि प्रयोग गर्न नहर बनाउने योजना समेत रुपा गाउँपालिकाले बनाएको उनले जनाए ।
त्यसैगरि कार्यक्रममा बोल्दै मत्स्य अनुसन्धान केन्द्र पोखरा कार्यालय बेगनासका प्रमुख डा. अकवल हुसेनले काँडे, शहर लगायतका रैथाने माछा लोप हुँदै गएकोले संरक्षणका लागि सबैसँग सहकार्य आवश्यक भएको बताए । उनले तालवरीपरिका सिमसार क्षेत्र सिपिकिरा मा मोति उत्पादनका लागि पनि अति उपयोगी भएकाले यसतर्फ लाग्न स्थानीय किसानहरुलाइ आग्रह समेत गरे ।
मत्स्य अनुसन्धान केन्द्र पोखरा कार्यालयका अनुसार, रुपातालमा मात्र २५ प्रजातीका माछा पाइन्छन् र पछिल्लो क्रममा लोप हुने क्रम बढ्दो छ । यसका लागि तालवरपर माछापालन, माछामारन र खेतबारीमा पनि विषादीको प्रयोग कम गर्नुपर्ने कार्यक्रममा बताइएको थियो ।
रुपा पुर्नस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको पछि । कार्यक्रममा स्थानीय सामाजिक व्यक्ति दामोदरभक्त थापा, रुपा सहकारीका पुर्व अध्यक्ष कुल प्रसाद अधिकारी लगायतले बोलेका थिए । कार्यक्रम पछि शहर प्रजातीका माछाका भूराहरु तलमा छोडिएको थियो ।
Discussion about this post