लेखनाथ, २४ कार्तिक ।
पचभैया होम स्टेको सातौ साधारण सभा तथा चौथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निल कुमारी थापा मगरको अध्यक्षतामा पोखरा–३१ स्थित सिड फाउन्डेसनको सभाहलमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्र राज पौडेलले होमस्टेको प्रर्वद्धनका लागी महानगर सधैं साथमा रहेको प्रतिवद्धता व्यक्त गर्दै साधारण सभा तथा अधिवेशनको सफलताको कामना गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष पदम लामिछाने लेखा परिक्षण प्रतिवेदन र सचिव गणेस ढकालले प्रगति प्रतिबेदन पेस गरेका थिए भने क्षेत्री समाज ३१ का अध्यक्ष कृष्ण बहादुर थापा, पचभैया वन समुहका दिनानाथ ढकाल, संस्थापक अध्यक्ष अर्जुन लम्साल, वडा सदस्य बिनोदमणी लामिछाने, सीड फाउन्डेसनका निर्देशक दामोदर भक्त थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनले आगामि ३ वर्षको लागि राम भक्त थापाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सरास्वती थापा, सचिव पुनम श्रेष्ठ, कोषाध्यक्ष शुसिला थापा, सदस्य विनोदमणी लामिछाने, दिनेस अधिकारी र रामजी पौडेल रहेका छन ।
Discussion about this post