• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

त्रिवेणी ईन्टरनेशनल कलेजको साधारण सभा

Ramsharan Nepali by Ramsharan Nepali
November 10, 2023
in शिक्षा, समाचार, स्थानीय
0
तस्विर : किशोर परियार

तस्विर : किशोर परियार

0
SHARES
163
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २४ कार्तिक ।
त्रिवेणी ईन्टरनेशनल कलेजको आठौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै विश्व विध्यालय अनुदान आयोगका अध्यक्ष देबराज अधिकारीले आफूहरु पनि एउटा परिधिभित्र रहेकाले भन्ने बित्तिकै सबै काम गरिहाल्ने अवस्था नरहेको वताए । उनले अनुदान दिने, गुणस्तर मापन गर्ने काममा निश्चित मापदण्ड अनुशरण गरेर आफूहरुले कार्य गरिरहेको वताए । अधिकारीले पेशालाई सम्मानित बनाउन, देशको आर्थिक अवस्था सुधार गर्न त्याग र समर्पण चाहिनेमा पनि जोड दिएका थिए ।

यस्तै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन दिनेशमणि अधिकारीले नेपालको उच्च शिक्षामा देखिएका समस्या निराकरणमा आफूहरु लागि रहेका वताए । सफलता प्राप्त गर्न सङ्घर्ष गर्नुपर्नेमा जोड दिंदै उनले स्रोत साधनको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । विद्यार्थी विस्थापित हुनुका पछाडि रहेका चुनौतिको पहिचान गरि तिनका समाधान तर्फ लाग्नुपर्नेमा उनी उनले जोड दिएका थिए ।

उक्त अवसरमा कलेजका अध्यक्ष सुमन भटृराईले उच्च शिक्षामा विभिन्न खाले चुनौती रहेको वताउँदै त्यसको सामना गर्दै ७० प्रतिशत भन्दा माथी उत्कृष्ट नतिजा ल्याउन सफल भएको र त्यसले अझै उत्साह थपेको वताएका थिए ।

कार्यक्रममा पुर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता यज्ञ बहादुर थापा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पृथ्वीनारायण क्याम्पसका उप–प्राध्यापक शंकर पौडेल, संस्थागत विद्यालयहरुको तर्फबाट हिसान कास्कीका अध्यक्ष एवं डायमण्ड माविका प्रिन्सिपल यम रोका, सामुदायिक विद्यालयहरुको तर्फबाट लक्ष्मी आर्दश माविका प्राचार्य रविन्द्रनाथ भटृराई, पुर्व विद्यार्थी मञ्चका रामकृष्ण लामिछाने, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष किशोर परियार लगायतले विद्यार्थीहरु अध्ययन एवं रोजगारका लागि विदेश पलायन हुने अवस्था वढ्दो क्रममा रहेको भन्दै भोलीका दिनमा अझै विकराल अवस्था आउन सक्ने वताएका थिए ।

कार्यक्रमका अधिकांश वक्ताहरुले अध्यनपश्चात स्वदेशमै आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीहरुको लागी उपयुक्त निति एवं पाठ्यक्रमको अभाव रहेको वताउँदै निति निमार्णको तहबाट यसलाई सम्बोधन गर्नुपर्ने वताएका थिए ।

कलेजका अध्यक्ष सुमन भटृराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले गरेका थिए ।

Previous Post

पोखरामा सयपत्रीको मूल्य ५ रुपैयाँ प्रति थुंगा

Next Post

पचभैया हेम स्टेको सातौ साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पचभैया हेम स्टेको सातौ साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न

पचभैया हेम स्टेको सातौ साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?