पोखरा
पोखरा महानगरपालिकाले सयपत्री फूलको मूल्य तोकेको छ । ए’ ग्रेडको सयपत्री फूलको थुंगालाई ५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
प्रति मालाको २ सय रुपैयाँ मूल्य तोकिएको छ । ‘ए’ ग्रेडको थुंगा १५ देखि २० ग्रामको हुनेछ । १० देखि १५ ग्राम तौल भएको थुंगालाई ‘बि’ ग्रेडमा वर्गीकरण गरिएको छ । प्रति थुंगाको ४ रुपैयाँ र मालाको १८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
५ देखि १० ग्राम तौल भएको ‘सि’ ग्रेडको थुंगालाई २ रुपैयाँ र मालाको १५० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकेजीको ४ सय रुपैयाँ मूल्य निर्धारण गरिएको महानगरपालिकाले जनाएको छ ।बाहिरबाट फूलमाला आयतमा प्रतिबन्ध लगाएको महानगरपालिकाले स्थानीय उत्पादन सयपत्री फूलको मूल्य तोकेको हो ।
Discussion about this post