लेखनाथ उद्योग वाणिज्य संघले २०८० पौष ५ गते देखि पौष १६ गते सम्म १९ औ संस्करणको लेखनाथ महोत्सव आयोजना गर्ने भएको छ । १९ औं संस्करण महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गर्नका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव भरतराज ओझा र महोत्सवका मूल संयोजक एवं लेउवा संघका अध्यक्ष बिनोद श्रेष्ठ विच सम्झौता भएको हो ।
यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ ‘लेखनाथ महोत्सव’ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको छ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएकाले यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको भनाई छ।
Discussion about this post