पोखरा । मित्रराष्ट्र चीनले भूकम्पपीडितका लागि २८ करोड रुपैयाँको राहत पोखरा विमानस्थलमा झारिदिएको छ । बुधबार बिहान चिनियाँ सेनाको २ वटा एयरक्राफ्टमार्फत राहत सामग्री ल्याइएको हो ।
उक्त सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरियो ।
चिनियाँ राजदुत छन सोङले विमानस्थलमा जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई सामग्री हस्तान्तरण गरे ।
२ एयरक्राफ्टबाट ४ हजार ६ सय ब्लाङ्केट र ६ सय वटा टेन्ट ल्याइएको हो । निकै महँगो मूल्यका सामग्री नेपाललाई चीनले हस्तान्तरण गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । राहत समाग्री बुझेपछि उनले चिनियाँ सरकारलाई सहयोगका लागि धन्यवाद दिए ।
Discussion about this post