पोखरा महानगरपालिका वडा नं-२६ मा अवस्थित जटाशंकर धार्मिक बिकास समितिको प्राङ्गण पोखरा-२६ सिलिङ्गे बगैचामा जेष्ठ नागरिकहरुका लागि १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
पोखरा महानगरपालिका वडा नं-२६ कार्यालय को विशेष सहयोग, गण्डकी आयर्वेदिक औषधालय पोखरा-२६, आयर्वेद मार्गको प्राविधिक सहयोग तथा जटाशंकर धार्मिक बिकास समिति र राखी युवा रेडक्रस सर्कल पोखरा-२६ को आयोजनामा संचालित कार्यक्रम जटाशंकर धार्मिक बिकास समितिका अध्यक्ष युवा पण्डित राम प्रसाद सिग्देलको अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो।
प्रमुख अतिथि वडाध्यक्ष नरेन्द्र थापाले वडामा रहेका जेष्ठ नागरिकको स्वास्थ्य सुधारमा आफुले बिशेष जोड दिने र जेष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र मार्फत बिशेष सेवा दिने वताए । उनले वडाको समुन्नत बिकासमा सबैजना हातेमालो गर्दै अगाडि बढ्नु पर्ने वताएका थिए ।
कार्यक्रमा राखी युवा सर्कला सभापति बिकास रानाभाट, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीका जुनियर तथा युवा समिति संयोजक रमेश भण्डारी, गण्डकी आयुर्वेदिक औषधालय प्रमुख डा. कुमार कासुलाले आफ्नो भनाइ राखेका थिए ।
संस्थाका उपाध्यक्ष तिर्थ बहादुर राजभाटले स्वागत मन्तब्य राखेको कार्यक्रममा संचालन सचिब बिशाल राजभाटले गरेका थिए । उक्त शिविरमा करिब १०० जना जेष्ठ नागरिक सदस्यहरुले सेवा लिएका थिए भने उक्त अवसरमा जटाशंकर मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्न तयार गरिएको गुरुयोजना (डिपिआर) समेत प्रस्तुत गरिएको थियो।
Discussion about this post