कास्की आदर्श समाज, युएईको आयोजनामा बडा दशैं एवं शुभ दिपावली २०८० को अवसर पारेर “एक थोपा रगत आफ्नै माटोको लागी” भन्ने मुल नाराका साथ चौथो रक्तदान कार्यक्रम -२०८० सफल रुपमा सम्पन्न भएको छ ।
शुक्रबार १०, कार्तिक २०८० (२७ अक्टोबर २०२३ ) का दिन मादी गाउँपालिका, वडा नं – ४ को स्वास्थ चौकी भबनमा गाउँपालिका अध्यक्ष श्री देबी जंग गुरुङ्ग प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा वडा न. ४ का वडाध्यक्ष श्री शिब प्रसाद सापकोटा, वडा सदस्य श्री रबि मोहन सापकोटा, रेडक्रस उपसाखा सभापति श्री शुक्रराज सापकोटा, तारकाङ्ग स्वास्थ्य इकाई समितिका संस्थापक अध्यक्ष श्री टंक प्रसाद सापकोटा, रेडक्रस प्राबिधिक प्रमुख श्री अर्जुन ज्ञवाली, समाजका पूर्व महासचिब श्री बिकाश अधिकारी लगायत यसै समाजका आदरणीय व्यक्तित्वहरु रहनु भएको उक्त कार्यक्रमको सभापतित्व समाजका संरक्षक संयोजक श्री केदार कुँवरले गर्नुभएको थियो भने कार्यक्रमका संयोजक तथा समाजका महासचिब श्री श्रीराम रानाभाटले संचालन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा संस्थाका सचिब श्री बिजय त्रिपाठीले स्वागत मन्तब्य व्यक्त गर्दै उपस्थित सम्पुर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो। यसैगरी प्रमुख अतिथि लगायत सम्पूर्ण बिशेष अतिथि ज्युहरुले शुभकामना मन्तब्यका साथ साथै कास्की आदर्श समाजले गर्ने हरेक गतिबिधिमा साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
उक्त समारोहमा समाजका घर बिदामा रहेका कार्यसमिती पदाधिकारीहरू, पुर्व कार्यसमिती तथा क्षेत्रिय समितीका पदाधिकारी हरूका साथै अन्य आजिवन सदस्यहरू तथा स्थानिय बासिन्दाहरूको बाक्लो उपस्थिती रहेको थियो ।
उक्त रक्तदान कार्यक्रममा रक्तदाताहरुबाट २२ युनिट रगत संकलन गरिएको थियो भने कार्यक्रमका सभापति श्री केदार कुँवरले उपस्थित सम्पुर्णमा धन्यवाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो।
Discussion about this post