लेखनाथ, १२ कार्तीक । लेखनाथ जेसिजको बार्षिक कार्यक्रम अन्तरगत राखिएको सप्ताहन्तको दोस्रो दिन पोखरा ३२ को लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको छ ।
जेसिज सप्ताह गर्दै आएको लेखनाथ जेसिजले यस वर्ष कार्यक्रमलाई छोट्एर तिन दिनको बनाएको हो । यसैक्रममा सप्ताहन्तको दोस्रो आश्रममा रहेका बृदबृद्धाका लागि आवस्यक पर्ने तरकारी,फुलफुल तथा खाद्यय सामाग्री सहयोग गरिएको हो।
लेखनाथ जेसिजका अध्यक्ष चन्द्रप्रकाश ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ जेसिजका पुर्व अध्यक्ष बिमल पौडेलले आश्रमका अध्यक्ष प्रेम लिगललाई उक्त सहयोग सामाग्री हस्तान्त्रण गरेका थिए ।
लेखनाथ जेसिजका महासचिव प्रकाश राईभाटले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक सुुसिल ढुंगानाले गरेका थिए भने कानुनी सल्लाहकार कृष्ण तिवारी र प्रमोदमणि भण्डारी लगाएतले जेसिजले समाज परिवर्तनका लागि खेलेको भुमिका बारेमा चर्चा गरेका थिए ।
सामाजिक क्षेत्रमा कृयासील रहदै आएको लेखनाथ जेसिजको सप्ताहन्तको अन्तिम दिन नेतृत्व विकासका बारेमा प्रशिक्षण तथा समापनको कार्यक्रम राखिएको मुल संयोजक मौशम वरालले जानकारी दिएका छन् ।
Discussion about this post