सुन चाँदी व्यवसायी सघं कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आउँदै गरेको हिन्दुहरुको महान चाड बिजयादशमी , तिहार, छठ पर्ब को अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षयक माेहन कुमार थापाको प्रमुख आतित्यताथामा उक्त कार्यक्रम पोखरा न्यूरोड स्थित सिटी ईस्क्वायरको हलमा सम्पन्न भएको छ ।
करीब ५०० ब्यवसायी र करीब १००० कालिगड आवद्ध रहेको उक्त सघं अरु ब्यबसाए भन्दा बढी संवेदनशिल रहेको हुनाले चाडपर्ब को समयएमा बिशेष शान्ति सुरक्षा गरिदिनु पर्ने साथै सुन लाई नगद सरह मान्यता दिएको भनिए पनि बेला बेलामा ग्राहकहरुको गहना खरिद गर्दा सुन चोरी जस्ता आरोपमा ब्यबसाइहरुले दुख खेप्नु परेको छ यस्ता समस्यामा प्रसाशनले ध्यान दिनुपर्ने र आवस्सेक सहजता अपनाइनुपर्ने सघंका अध्यक्ष राजेशमान बुद्ध चार्यले आह्वान गरेका छन ।
उक्त कर्एक्रममा प्रमुख अतिथी मोहन कुमार थापाले शुभकामना दिदै व्यवसायीहरू माथी परेको समस्या पहिचान गरिसकिएको र व्यवसायीहरूको समस्या समाधानका कामहरु अगाडी बढीसकेको सुन चाँदी ब्यबसायको शान्ति सुरक्षाको लागी छुट्टै २ जना प्रहरी २४ घण्टा बजार निग्रानिमा खटाइएको साथै अब छिट्टै नै सघं सँग समन्वय गरी जिल्ला प्रहरी कार्यलयमा सुन चाँदी हेल्प डेस्क सन्चालन गरी आफ्नो ब्यबसाय इमान्दार पूर्वक गर्दा चोरी जस्ता समस्यामा परी दुख पाउनु नपर्ने समेत सघं र व्यवसायी माझ प्रतिबद्धता जनाएका छन । सघंका अध्यक्ष राजेशमान बुद्दचार्य को अध्यक्षतामा भएको सो कार्यक्रममा महासघं उपाध्यक्ष दुर्गा बहादुर सुनार , सदस्य निर्मल दियाली साधारण सदस्य किसान घिमिरे लगाएतले आफ्नो भनाइ राखेका थिए भने सघंका महासचिब तारा गाैतमले कार्यक्रम सञ्चालन गरेका थिए ।
Discussion about this post