लेखनाथ, २८ असोज। लाईफ ईन्सुरेन्स कर्पोरेशन नेपाल लिमिटेडले विमित पोखरा महानगपालिका वडा नं २९ की स्वर्गीय मञ्जु पौडेलको आश्रीत परिवारलाई मृत्युदावीको रकम हस्तान्तरण गरेको छ ।
वि स २०७२ सालमा आठ लाखको बिमा गरेकी पौडेलको दुई महिना अगाडी रोगका कारण उपचारको क्रममा निधन भएपछि उनको आश्रीत परिवारलाई कम्पनीको तर्फबाट १२ लाख २३ हजार दुई सय रुपियाँको चेक प्रदान गरिएको हो ।
स्वर्गीय पौडेलले विमा शुल्क वरावर रु पाँच लाख ४९ हजार रुपियाँ वुझाए पनि उनका श्रीमान राजेन्द्र पौडेललाई एलआइसी नेपाल लेखनाथ शाखाका शाखा प्रमुख सुरज भट्ट, एजेन्सी म्यानेजर रामप्रसाद आचार्य र एजेण्ट गोमा आचार्यले उनकै घरमा पुगेर सो रकमको चेक प्रदान गरेका हुन्।
Discussion about this post